coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

नेपालगन्ज–बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् ।

स्थानीय धम्बोझीबाट सुर्खेत रोड हुदै मेडिकल कलेजतर्फ जादै गरेको ना अ प आ १९८१ नम्बरको कारलाई विपी चोकमा बन्दकर्ताले तोडफोड गरिदिएका हुन् ।

सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो । कुटपिटबाट कारका चालकको टाउको फुटेको छ । त्यसपछि त्यहाँ ठूलो संख्यमा प्रहरी परिचालन गरिएको थियो ।

यसरी भयो तनावः
बन्दकर्ताहरु सडकमा परिचालित भएर सवारी साधन रोकिरहेका थिए । अपरान्ह करिव पौने ४ बजेतिर रातो रंगको कार धम्बोझी चोकबाट मेडिकल कलेजतर्फ अगाडी बढिरहेको थियो । विपी चोकमा परिचालित भएका बन्दकर्ताले कारलाई रोकेर सोधपुछ गरे । कारमा सवार पाँच जना युवाले बिरामी भएको र अस्पतालतिर जान लागेको बताए ।

बन्दकर्ताले उनीहरुको अनुरोधलाई नमानेपछि चालकले कारलाई छेउतिर लगेर रोक्दै थिए, त्यही क्रममा एक जना बन्दकर्ताले कारको चाबी खोसिदिए । त्यसपछि बन्दकर्ता र कारमा सवार युवाहरुबीच विवाद सुरु भयो स्थिति तनावपूर्ण बन्यो।

ठूलो संख्यामा परिचालन भएका बन्दकर्ताले युवाहरु माथि एकोहोर लाठी र ढुंगा बर्साए । बन्दकर्ताले कार चालकको टाउको फोडिदिए । करिव १० मिनेटपछि प्रहरीले कारमा सवार युवालाई सुरक्षित स्थानतर्फ लगेको थियो । घटनास्थलमा खटिएका एमाले बाँकेका सचिव रत्न खत्रीले सुरुमा कारमा सवार युवाले आफ्ना कार्यकर्तामाथी हात हालेका कारण कुटपिट भएको बताएका छन् । तर, प्रत्यक्षदर्शीले कारलाई छेउमा रोक्दै गरेका युवाहरुलाई बन्दकर्ताले निहुँ खोजेर एकोहोरो कुटेको दाबी गरेका छन् ।

प्रहरीले कुटाई खाने युवाहरुको नाम र ठेगाना सार्वजनिक गरेको छैन । कारमा सवार ५ जना युवा मध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ, भने अन्य सामान्य घाईते भएको प्रहरीको भनाई छ । कुटपिटका क्रममा केही बन्दकर्तालाई पनि चोट लागेको सचिव खत्रीले बताए । बन्दकर्ताले नेपालगन्जमा शुक्रबार दिउँसो बिरामी बोकेका सवारी साधन, कुटनीतिक नियोग र सञ्चारकर्मीका गाडीलाई समेत नियन्त्रणमा लिएका थिए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App