७ वैशाख २०८१ शुक्रबार
समाज

न्यायपरिषद्का पूर्वलेखापाल भ्रष्टाचारी ठहर

काठमाडौं – विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले भ्रष्टाचार कसुर ठहर भएको छ।

विशेषका अध्यक्ष एवं न्यायाधीश शिवराज अधिकारी, न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवी शर्मा अर्यालको इजलासले ढकालको भ्रष्टाचार कसुर सोमबार ठहर गर्दै सजायपछि निर्धारण गर्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल परिषद् सचिवालयमा लेखापाल भएर काम गर्दा भ्रष्टाचार गरेको भन्दै २०७५ माघ ८ मा मुद्दा दर्ता गरेको थियो। अख्तियारले २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेकोमा सो दाबी विशेष अदालतले ठहर गरेको हो।

ढकालले परिषद् कार्यालयमा रहँदा तलबी भरपाईको जोड फरक पारी खर्च लेखेर भ्रष्टाचार गरेका थिए। उनीविरुद्धको मुद्दाको कसुर ठहर भएको र सजाय निर्धारणको लागि पेस गर्ने आदेश गरेको छ। भ्रष्टाचार गरेको कसुर ठहर भैसकेको छ।

महालेखापरीक्षकको प्रतिवेदनका आधारमा उजुरी भएको र अनुसन्धान हुँदा सचिवालयमा हुँदा २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ हिनामिना गरेको अख्तियारले ठहर गरेको थियो। लेखापाल ढकालले तलबी भरपाईसमेतका आधारमा रकम भुक्तानी गराई रकम झिकी हिनामिना, हानी नोक्सानी, दुरुपयोग गरी निजी प्रयोग गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

प्रकाशित: २ पुस २०७६ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App