coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीपको ठक्करबाट मृत्यु

भीमदत्तनगर- भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ। भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए।

त्यसैगरी जीप चालक भीमदत्तनगरपालिका–१० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएका छन्। प्रहरीका अनुसार घाइते बमलाई प्रहरीकै निगरानीमा उपचारका लागि धनगढी लगिएको छ। ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा राखिएको छ भने मृतकको शवपरीक्षणका लागि महाकाली अस्पताल भीमदत्तनगरमा राखिएको छ। रासस

प्रकाशित: १ पुस २०७६ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App