coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधन नभए चुनाव हुन दिन्नौंः उपेन्द्र यादव

कपिलवस्तु– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयतालगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन्।

एमालेको राष्ट्रियता पञ्चायतकालिन भएको दाबी गर्दै उनले संघीयता र गणतन्त्रजस्ता उपलब्धि समाप्त पारेर मुलुकमा गृहयुद्ध निम्त्याउन एमाले सक्रिय रहेको आरोप लगाए ।

‘संविधान संशोधनविरुद्ध सडकमा जनता उचालेर एमाले संघीयता र गणतन्त्रलाई मास्ने षड्यन्त्रमा लागेको छ,’ कपिलबस्तुको पकडीमा शुक्रबार आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव विथोल्ने र परिवर्तनविरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी छ।’

अध्यक्ष यादवले संविधान संशोधन नभए  चुनाव हुन नदिने चेतावनी समेत दिएका छन्।

प्रकाशित: १ पुस २०७३ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App