coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवाले केही गर्न सकेन भन्नेले सानेपा छाडे हुन्छः नेता बलायर

डडेल्धुरा- नेपाली कांग्रेस केन्द्रीय कार्य समिती सदस्य बिरबहादुर बलायरले कांग्रेस सभापती शेरबहादुर देउवाले केही गरेनन् भन्नेले सानेपा छोडी कांग्रेसलाई नै कब्जा गर्ने पार्टी बनाउन शुभकाना दिएका छन्। महाधिवेसनको पूर्व सन्ध्यामा कांग्रेसको केन्द्रीय समिती बैठक चल्दा बैठक बहिस्कार गर्ने, वर्तमान सभापतीले पेलेर जान खोज्यो भन्ने, काम गर्न नदिई आरोप लगाई दोषी बनाउनेहरुले पार्टी छोडी अर्काे पार्टी स्थापित गर्न उनले चुनौती दिए।

डोटी जिल्लाका प्रत्येक वडामा पुगी कार्यकर्ता एवं स्थानीयहरुसँगको भेटघाटमा निस्केका पूर्व मन्त्रीसमेत रहेका नेता बलाएरले नागरिकसँग कुरा गर्दै भने, आज मैले नयाँ कुरा भने। शेरबहादुरसँग कसैको आक्रोश हो, कसैको पिडा हो, कसैको डाह हो भने शेरबहादुर देउवालाई हिजो गिरिजाप्रशाद कोईरालाले कारवाही गर्दा अर्काे पार्टी खोले। र गिरिजाप्रशाद कोईरालालाई आवश्यक परेर त्यो पार्टी मिलाईएको थियो।

'कांग्रेसभित्र यदी कसैलाई मन लागेको छैन भन्यो भने अर्काे पार्टी खोले हुन्छ। सानेपा छोडे हुन्छ। हिजो शेरबहादुर देउवाले सानेपा छाडेको हो। आज अरुले पनि छोडे हुन्छ। होईन भने त्यही सानेपा बसेर त्यही लिगणी झिगणी गरेर ति पञ्चहरु, ति दलालहरु राखेर रामचन्द्रले गर्‍यो भने अब हामीलाई पनि धेरै सह्य हुदैन' उनले भने।
देउवाले पुष्टि गरेका छन्। उनले भने, गिरिजाप्रशाद कोईराले कारवाही गरेपछि फुटेर अर्काे पार्टी बनाएर आएर फेरी समग्र पार्टीको सभापती बने। देउवामाथि अन्याय भएको रहेछ। कोईरालाले अन्याय गरेका रहेछन्। नत्र किन देउवालाई कार्यकर्ताले सभापतीमा जिताए त? किन बनाए त देउवालाई सभापती? उनको प्रश्न थियो।

त्यसो हो भने कसैको दम छ भने गए भईहाल्यो नि छोडर। उनले थपे, नेपाली कांग्रेसको प्रतीमुर्ती शेरबहादुर देउवा हो। पञ्चायतकालमा आन्दोलन हामिले गर्नुपर्ने, दुःख सास्ती हामीले खेप्नुपर्ने अहिले कोही वीपीका छोरा भएर आउने अनि कांग्रेसको भागभण्डा गर्न लागाउने। सधै भरी आरोप मात्रै लगाएर दोषी बनाउनु भएन। देउवाले निकै दुःख कष्ट गरेर अहिले आएर सभापती बनेको उनले बताए।

कांग्रेस अहिले महाधिवेशनको पूर्व सन्ध्यामा आईपुगेको छ। अहिलेसम्म सभापतीलाई काम गर्न नदिएको परिस्थिती हो। उनले भने, 'सभापतीका पनि केही कम्जोरी छन्। यो के हो भने मिलाएरै लैजान्छु भन्ने र  मिलाएर लैजादा लैजादै आफ्नो कार्यकाल पनि सकिने बेला भएको छ। हामीले धेरै कुराहरु सभापती ज्यूलाई पनि सुझाव दबाव दियौ र ति बहिस्कारवादीलाई पनि दियौ। तर के हो भने खाली शेरबहादुर देउवाले गर्नै सकेन भन्ने किसिमको उनिहरुले कार्यकर्ताको बिचमा  र देशलाई जुन सन्देश दिन खोजेका छन् त्यो कायरता हो।'

सभापतीले मिलाएरै लैजान्छु भनेर उहाँलाई तिन महिनाभित्रै नाम दिनुस भन्दा दिन सक्नु भएन। तर रामचन्द्र पौडेलले के चाहानु हुन्छ भने विभागमा आफु निकटका मान्छे भन्दा पनि विभाग नै चाहाने। सभापती त शेरबहादुर देउवा हो नि, पौडेल त होईनन्। उनले भने, रामचन्द्र पौडेलले विभाग तोकेर दिने होईन नी। विभाग तोक्ने अधिकार देउवालाई भएको पनि उनले बताए।

नेपाल विद्यार्थी संघको समय सिमा सकिएपछि विघटन भयो। विघटन भएपछि नेवि संघको विधान तयार गरेर अधिवेशन गर्ने कुरा सभापती देउवाले गर्नु हुन्थेन यो गलत भएको थियो। यो सभापतीबाट पनि गलत भएको थियो। विधान पास गर्दा उमेर ३२ वर्ष मुनी राख्दा नोट अफ डिसेन्ट लेख्नेहरु अहिले आएर उमेरहद ३२ वर्ष मुनी नै लगा भनेर भन्दैछन्। त्यसैले यो दुई चरित्रले यो सोचले कांग्रेस भित्र काम गर्दैन। तरुणदलमा भागवंडाका आधारमा टुङगाईएको अधिवेशन कांग्रेसका लागि गम्भिर भुल भएको उनले बताए।  

 

 

 

प्रकाशित: १ पुस २०७६ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App