७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पामा घरेलु हिंसाका घटना बढ्दो

वार्षिक पूर्व समिक्षा कार्यक्रममा सहभागीहरु।

डोल्पा- हिमाली जिल्ला डोल्पामा घरेलु हिंसाका घटना विगतको तुलनामा बढ्दो क्रममा रहेको पाइएको छ। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्लामा संकलन गरेको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनामा घरेलु महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको हो।

०७५ पुस १७ गतेदेखि ०७६ पुस १ गतेसम्म जिल्लामा संकलित घटनाहरुमाथिको वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कमा घरेलु महिला हिंसाका घटनाहरु विगतको तुलनामा बढ्दो क्रममा रहेको जनाएको हो। इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कमा घरेलु हिंसाका घटनाहरुमा ९ घरेलु हिंसा कुटपिट, ४ बलात्कार, ४ जातीय विभेद र ३ अन्य गरेर २१ ओटा घटना मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले बताए।

कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले अशिक्षा चेतना र कानुनी ज्ञानको अभावमा महिला हिंसाका घटनाहरु वर्षनी बढ्दो क्रममा रहेकोले मानव अधिकार शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै नगरपालिकाले इन्सेकसँग सहकार्य गर्न तयार रहेको बताए।

वार्षिक समिक्षा कार्यक्रममा महिला प्रतिनिधि, नागरिक समाज, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि जिल्ला अदालतका प्रतिनिधि न्यायिक समितिका पदाधिकारी संचारकर्मी र मानव अधिकारकर्मीको सहभागिता रहेको थियो।

 

 

प्रकाशित: १ पुस २०७६ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App