coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कानुन विपरित सदस्यता विस्तार र शेयर बिक्री गर्दै सहकारी

रामेछाप- रामेछाप सदरमुकाम मन्थलीमा संचालित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैर कानुनी रुपमा मन्थली बजारमा सदस्यता विस्तार तथा शेयर बिक्री कार्यक्रम संचालन गरेको छ। टोलटोलमा साहारा अभियानको नाम दिएर सहकारीले सदस्यता विस्तार र शेयर बिक्री कार्यक्रम संचालन गरेको हो।

सहकारीले सदरमुकाम मन्थलीको बजारका चोक चोकमा स्कीमसहित माइकिङ गर्दै सदस्यता विस्तार र शेयर बिक्रीको अभियान चलाउदै आएको छ। सदस्य बन्नेदेखि शेयर खरिद गर्नेसम्मको १२ वटा स्कीममा अभियान संचलान गरेर सहकारी हिडेको छ। जुन क्रियाकलाप सहकारीको ऐन कानुन विपरित रहेको सहकारी विभागले जनाएको छ।

विभागका सूचना अधिकारी शशीकुमार लम्सालका अनुसार सहकारीले स्वतस्फुर्त रुपमा सदस्य बन्न चाहनेलाई सदस्य बनाउने र शेयर खरिद गर्न चाहनेलाई शेयर बिक्री गर्न सक्ने भएता पनि पर्चा बनाएर, विज्ञापन गरेर, स्कीम ल्याएर यस्ता खाले गतिविधी संचालन गर्न नपाउने बताए। यस्ता गतिविधि सहकारी क्षेत्रमा गैर कानुनी मानिने लम्सालले बताए। उनले भने सहकारी नभएका स्थानहरुमा सहकारी र बैंकमा सर्वसाधारणको पहुँच पुगोस भन्ने हिसावमा सकारात्मक मान्न सकिने भएता पनि सहकारी र बैंकहरुको पहुँच भएको क्षेत्रमा यस्ता गतिविधि गैर कानुनी मानिन्छन्।

केही समय अघिसम्म सहकारी डिभिजन कार्यालयले नियामक निकायको काम गरेको भएता पनि पछिल्लो समय डिभिजन खारेज भएपछि सहकारीको नियामक निकाय कमजोर जतिकै बनेको छ। पालिकाभित्र कार्यक्षेत्र भएको सहकारीको पहिलो नियामक निकाय पालिका रहने भएता पनि एक पालिका भन्दा बाहिर पनि कार्यक्षेत्र भएका सहकारीको नियामक निकाय प्रदेश हुने पछिल्लो प्रावधान रहेको छ। नियामक निकायको प्रभावकारीता बढ्न नसक्दा सहकारीहरुले गैर कानुनी काम गर्दा पनि चुप लागेर बस्नु पर्ने अवस्था निम्तिएको छ।

नियामक निकायले आफ्नो सक्रियता देखाउन नसक्दा सहकारीहरुले गैर कानुनी रुपमा लाभ लिने क्रम पनि बढ्दो रहेको छ। हाम्रो कार्यक्षेत्रमा पर्ने सहकारीहरुको नियमन त हामीले गर्ने गरेका छौ तर सहरा बचतको हामी नियामक निकाय होइनौ मन्थली नगरपालिकाका अधिकृत गोविन्द कट्टेलले बताए। उनले यसको प्रदेशस्तरले नै नियमन गर्ने उल्लेख गरे।

यता सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन घिसिङले भने आफुहरुले गैर कानुनी रुपमा काम गरे जस्तो नलागेको बताए। उनले सहकारी ऐनमा गैर कानुनी काम मनिएता पनि त्यसलाई स्विकार्न भने चाहेनन्। उनले भने हामीले सहकारीको बारेमा जानकारी दिन र सदस्य बन्नेलाई मायाको चिनो दिने कार्यक्रम अघि सारेको भन्दै जोगिन खोजेका थिए।

    

प्रकाशित: १ पुस २०७६ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App