coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा दुईको मृत्यु

राजविराज-छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा आज सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तरही गाविस– ९ का सञ्जय साह रौनियार र बकधुवा– ७ का बमबहादुर थापा रहेका छन् । गहुँको खेत जोतेर घरतर्फ जाने क्रममा स१त २८४८ न। का ट्याक्टर सडक छेउमा रहेका पोखरीमा पल्टिँदा ट्याक्टर चालक रौनियारको मृत्यु भएको हो ।

त्यस्तै पूर्व– पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बकधुवा– ७ मा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री थापाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिबाट पूर्वतर्फ जाँदै गरेको ज ४ प २८७७ न। को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । रासस

प्रकाशित: १ पुस २०७३ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App