८ वैशाख २०८१ शनिबार
समाज

गम्भीर घाइते चालकको मृत्यु

खोटाङ – खोटाङमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो बोलेरो जीप दुर्घट्ना हुँदा चालक सल्यान शारदा नगरपालिका–४ का २६ वर्षीय रामबहादुर कुँवर गम्भिर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। यससँगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

जिल्ला अस्पतालमा उपचारको क्रममा चालक कुँवरको शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए। टाउकोमा गम्भीर चोट लागेका कुँवरलाई उपचारका लागि जिल्ला अस्पताल पु-याइएको थियो। डुम्रेधारापानीबाट धान लिन सोही वडाको कटहरबेसीतर्फ जाँदै गर्द जीप दुर्घटना भएको थियो। दुर्घटनास्थलमै डुम्रेधारापानीका रमेश अधिकारीको मृत्यु भएको थियो।

प्रकाशित: १ पुस २०७६ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App