८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्ताव थाँती राखेर अगाडि जाउँः डा. महत

काठमाडौं–प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने, ‘संविधान संशोधन प्रस्तावलाई निष्कर्शमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो,’ नेता महतले भने ‘एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल नै गर्न नदिनु बेठिक हो।’

महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनु उचित नहुने जिकिर गर्दै भने, ‘अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प छैन्।’

महतले अगाडि भने, ‘अहिले संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैन, यो उचित पनि छैन, बरु अब यसलाई थाँती राखेर अन्य अति आवश्यक ऐन÷कानूनहरुलाई अघि बढाउनुपर्छ, निर्वाचन सम्बन्धि विधेयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्छ, अहिले संसदमा विभिन्न ऐन तथा कानूनहरु छन्, तिनिहरुलाई निष्कर्शमा पुर्याउनुपर्छ, अब चुनावको मिति घोषणा गर्नुपर्छ ।’

प्रकाशित: १ पुस २०७३ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App