coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्यान मुद्दाका फरार अभियुक्त सार्वजनिक

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दाका फरार तीन अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। टाउकामा मुस्ली प्रहार गरेर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको हत्या गरेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङगाका अशोक राई, बलराम राई र बबिन राईलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

घटनामा संलग्न बबिन सशस्त्र प्रहरी जवान रहेको बताइएको छ। गत बिहीबार राति मुसलले टाउकोमा हान्दा गम्भीर घाइते रमेशको हलेसीस्थित एक क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि उनीहरू फरार रहेका थिए।

उनीहरूलाई उदयपुरको घुर्मी बजारको एक घरमा लुकिरहेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए।

 

प्रकाशित: १ पुस २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App