८ वैशाख २०८१ शनिबार
अर्थ

यतीका पाँच दर्जन यात्रु अलपत्र

काठमाडौं - आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले सोमबार काठमाडौंबाट जनकपुर उड्न तयार७२ यात्रुलाई अलपत्र पारेको छ। सोमबार दिउँसो २ः३५ बजेको उडान तालिका सार्वजनिक गरेको कम्पनीले बेलुका पाँच बजेसम्म जहाज नउडाएर विमान चढिसकेका यात्रुलाई अलपत्र पारेको हो।

विहान १०ः१० बजेकोयतीको पहिलो उडानबाट जनकपुर जान विमानस्थल पुगेका पूर्वमन्त्री रामचन्द्र झाले खराब मौसम भन्दै कम्पनीले दिउँसो १२ बजेसम्म उक्त विमान नउडाएको जानकारी गराए। दिउँसो १२ बजे मौसम सुध्रिएपछि १०ः१० बजेका लागि तोकिएको विमान उडे पनि आफ्नो नाकबाट एक्कासि रगत बग्न थाल्दा त्यसमा जान नपाएको उनको भनाइ छ।

‘उक्तफ्लाइटमा लैजान नसकेपछियतीले दिउँसो२ः३५ बजेको अर्काे फ्लाइटको टिकट दियो तरफेरि मौसम बिग्रेको बहानामा त्यो उडान रद्द गरेर दर्जनौं यात्रुलाई अलपत्र पा¥यो,’ पूर्वमन्त्री झाले भने। उक्त जहाजमा जनकपुर जान ७२ यात्रुले टिकट लिएका थिए।

यतीले फेरि मौसम बिग्रैको भन्दै २ः३५ को उडान रद्द गरे पनि अर्को कम्पनी बुद्धले भने सोही समयमा उडान भरेको झाको भनाइ छ। रद्द भएको उडानका अधिकांश यात्रु दक्षिण भारतीय रहेको जनाउँदै उनले विमान कम्पनीको यस्तो लापरवाहीले विदेशीहरुमा नकारात्मक सन्देश जाने बताए।

‘दुई बजे नै विमान चढेका हामी पाँच बजेसम्म पनि भित्रै छौं। कम्पनीका जिम्मेवार अधिकारी कोही पनि उडानबारे जानकारी दिन आएका छैनन्।सामान्य कर्मचारीले विमानबाट उत्रन र नउत्रिए प्रहरी बोलाउनेधम्की दिए,’ उनले नागरिकसँग भने। बेलुकासम्म उडान नभएपछि विमानभित्रै कर्मचारी र यात्रुबीच भनाभन भएको उनले जानकारी गराए।
सो अवधिमा भैरहवा, पोखरा, वीरगन्ज र विराटनगर जाने विमान भने नियमित रुपमा उडेको झाको भनाइ छ।उड्न नपाएका अर्का यात्रुसंघीय सांसदप्रभु साहले पनि उक्त उडानका यात्रुमाथि अन्याय भएको बताए।

कम्पनीले चित्तबुझ्दो कारण नदेखाई उडान रद्द गरेको साहको भनाइ छ। ‘विमानभित्रै बोल्यो भने सांसदले झगडा ग¥यो भन्छन् तर भ्रमण वर्षको पूर्वसन्ध्याका यस्ता क्रियाकलापले विमान कम्पनीकोे मनोमानी प्रस्ट देखाएको छ,’ उनले भने, ‘दिनभर विदेशी बोकेर अन्य ठाउँमा उडाउन सक्नेले जनकपुरको मात्रै मौसम बिग्रेको भनेर यात्रुलाई अलपत्र पा¥यो।’ तर जनकपुर विमानस्थल स्रोतले भने त्यहाँको मौसम नबिग्रेको जनाएको छ।

सबै मानिसको अवस्था एकैप्रकारको हुन नसक्ने भन्दैउड्न नपाएका यात्रुलाई होटलमा बस्ने व्यवस्था गरिदिन आग्रह गरे पनि कम्पनीले नटेर्दा साँझसम्म यात्रु विमानबाट बाहिर नओर्लिएको उनको भनाइ छ। कहिले एयर ट्राफिक जाम त कहिले जनकपुरको मौसम बिग्रेको भन्दै दिनभर यात्रुलाई विमानस्थलमै अल्झाएर राखेकोे साहले बताए। पछि ४ः१५ बजे अन्तिमपटक विमान उड्ने जानकारी गराएपछि सबै यात्रु विमानमा बसेको तर पाँच बजेसम्मपनि नउडेको उनले बताए। साँझ५ः१०सम्म विमान नउडेपछि उडान रद्द भएको जानकारी गराए पनि यात्रुको लागि कुनै व्यवस्था नगरेको साहले बताए।

उता, जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले सोमबार दिनभर त्यहाँको मौसम सामान्य रहेको बताए। काठमाडौंबाट गएका बुद्धको दुई र यतीको एक विमान जनकपुरमा अवतरण गरेर त्यहाँबाट उडेको ढकालले जानकारी गराए।

‘जनकपुर विमानस्थलमा सूर्याेदयदेखि सूर्यास्तसम्म उडानको अनुमति थियो,’ उनले भने, ‘दिनभर सफा रहेको मौसममा बेलुका भने केही समस्या देखियो। फर्किने समय नभएको कारण यतीले उडान नभरेको जानकारी पाएका छौं।’ उक्त विमानस्थलमा हरेक दिन बुद्ध र यतीले २–२ उडान गर्दै आएका छन्।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी जनकपुरमा रात्रिकालीन उडान सुरु नभएका कारण यतीको उडान रद्द भएकोबताउँछन्। उक्त विमानका सबै यात्रुलाई मंगलबार बिहान नौ बजेको टिकट दिएको समेत उनले बताए। ‘समयले नभ्याएका कारण विमान उड्न नसकेको हो,’ उनले भने, ‘एयर ट्राफिक वा एयरलाइन्सको लापरवाहीले होइन।’ मौसम कसैको बसमा नहुने भन्दै उनले खुला आँखाले हेर्न नसकिन्जेल विमान उडाउन नमिल्ने जानकारी गराए।

नाम भन्न नचाहेका यतीका एक कर्मचारीले त्रिभुवन विमानस्थलबाट बेलुका ५ः१० सम्म भुइँ छोड्न नसके जनकपुरको उडान भर्न नमिल्ने बताए। यात्रु र यतीका कर्मचारीबीच भनाभन चलिरहँदा नागरिकसँगको टेलिफोन सम्पर्कमा आएका पूर्वमन्त्री झाले उक्त फोन तिनै कर्मचारीलाई दिएर पत्रकारसँग बोल्न भनेका थिए। ‘दिउँसो मौसम र अहिले समयका कारण उडान रद्द गर्न बाध्य भयौं। अहिले यात्रुलाई सम्झाउने कोसिस भइरहेको छ,’ उनले भने।

प्रकाशित: १ पुस २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App