८ वैशाख २०८१ शनिबार
समाज

बमको हल्लाले स्थानीय त्रसित

जनकपुरधाम – धनुषाको महेन्द्रनगरमा शुक्रबार राति भएको घटनापछि जिल्लामा जताततै बमको हल्ला भइरहेको छ। प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जानेगरी भएको विस्फोटको घटना सेलाउन नपाउँदै प्रदेश राजधानी जनकपुरधामसहित जिल्लाका अन्य ठाउँमा पनि शंकास्पद वस्तु फेला पर्न थालेको प्रहरीले जनाएको हो।

आइतबार राति र सोमबार बिहान सर्वसाधारणले ती वस्तु बम भन्दै प्रहरीमा खबर गरे। तर, सेनाको टोलीले डिस्पोज गर्न खोज्दा कुनै ठाउँमा सक्कली बम नरहेको पुष्टि भए पनि स्थानीय बमको हल्लाले त्रसित बनेका छन्।

आइतबार राति १० बजे जनकपुरधाम उपमहानगर–९ संकटमोचन मन्दिरनजिकै सडकमा राइस कुकर, सोमबार बिहान करिब ६ बजे सोही मन्दिरदेखि ७/८ सय मिटरपूर्व सडकमै एउटा प्लास्टिकको पोका र धनुषाधाम नगरपालिका–५ स्थित श्री उच्च माविको झ्यालमा झुन्डिएको प्लास्टिकको झोलालाई बम भन्दै सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए। तर, तीनै ठाउँको शंकास्पद वस्तु बम नरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए। महेन्द्रनगरको घटनाले सर्वसाधारणमा त्रास देखिएकाले शंकास्पद वस्तु देख्नेबित्तिकै फोन गर्न थालेको उनको भनाइ छ।

प्रकाशित: १ पुस २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App