१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरिने

बुटवल - प्रदेश ५ सरकारले बर्दियालाई केन्द्रबिन्दुमा राखेर पर्यटन पवद्र्धनका कार्यक्रम सुरु गरेको छ। संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेश सरकारले बदिर्यालाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरेको हो।

घुम्न जाउँ बर्दिया भन्ने नारासहित नेपाल भ्रमण वर्षको शुभारम्भ नै बर्दियाको ठाकुराद्वारबाट गरिने प्रदेशको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन वर्षको तयारीका लागि प्रदेश सरकारले पर्यटन मन्त्री लिला गिरीको अध्यक्षतामा २१ सदस्यीय  पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ। मुख्य मन्त्री शंकर पोखरेल संरक्षक छन््। पर्यटन वर्ष २०२० को सचिवालय बुटवलमा स्थापना गरिएको छ। प्रदेशका १२ वटै जिल्लामा जिल्ला स्तरीय समिति गठन गरी तयारी थालिएको छ।

त्यस्तै एक सय नौवटा स्थानीय तहमा पनि समिति गठन गरी पर्यटकीय प्याकेज बनाएर काम अगाडि बढाइएको पर्यटन वर्ष २०२० को सचिवालयका प्रमुख गणेश घिमिरेले बताए। पर्या–पर्यटनअन्तर्गत ‘घुम्न जाउँ बर्दिया’ विशेष प्याकेज नै तयार गरिएको सचिवालयले जनाएको छ। जसअन्तर्गत जंगल सफारीसहित पर्यटकले हात्ती, बाघ र कृष्णसारलाई नजिकबाट नियाल्न पाउने छन्। सांस्कृतिक कार्यक्रमसहितको होमस्टे व्यवस्थापन, कर्णालीमा -याफ्टिङको विशेष प्याकेज कार्यक्रम तयार गरिएको  भ्रमण वर्ष २०२० को प्रदेश पाँचका सहसंयोजक माधव नेपालले बताए।

सहसंयोजक नेपालका अनुसार बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक तिलौराकोट, पाल्पाको रानीमहल दरबारमा राणाकालीन ऐतिहासिक सामग्री राख्ने, प्युठानको स्वर्गद्वारीमा एक लाख भक्तजनलाई महाअभिषेक गर्ने कार्यक्रम तय भएको छ। पोखरा आउने पर्यटकलाई बुर्तिवाङ–ढोरपाटन हुँदै रुकुमको सिस्ने हिमालसम्म पु¥याउन विशेष टुर प्याकेजका कार्यक्रम तयार गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनीदेखि ढोरपाटन हुँदै अपर मुस्ताङसम्म पर्यटकलाई पु¥याउने योजनासहित तयारी थालिएको सचिवालयले जनाएको छ।

पर्यटकलाई बाँकेको राष्ट्रिय निकुन्जमा जंगल सफारी, बुटवलको जितगढीदेखि नुवाकोटसम्म म्याराथन र बुटवलमा खाना महोत्वसव गरिने छ। लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध साहित्य सम्मेलन गरी बौद्ध दर्शनबारे जानकारी गराउने र विश्वका बौद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन पहल गर्ने पनि कार्यक्रमा समावेश छ।

प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका  स्थानको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ लम्ब्याउन आवश्यक पहल गरिने सचिवालयले जनाएको छ। लुम्बिनीलाई  बुद्ध जन्मस्थल तथा बौद्ध दर्शनको उद्गम स्थलका रुपमा प्रचार प्रसारका कार्यक्रम पनि गरिने सहसंयोजक नेपालले बताए।

केन्द्र सरकारले  भिजिट नेपाललाई साकार बनाउन  मुलुकभरका एक सय पर्यटकीय गन्तव्य छनोट गरेको छ। प्रदेश ५ मा पनि संघीय सरकारको छनोटमा परेका र अन्य गरी ५० बढी एैतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक महŒवका पर्यटकीय स्थलको छनोट गरी त्यहाँमा पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्ने तयारी भइरहेको छ। लुम्बिनी, नवलपरासीको रामग्राम, वाल्मिकि आश्रम, बुटवलको ग्लोबल पिस पार्क, बाउन्नकोटी वन, शंकरनगरको वनवाटिका, सैनामैना, कपिलवस्तुको निग्लीहवा, मायादेवी, तिलौराकोट, जगदिशपुर ताल, सागरताल, पाल्पाको तानसेन, रानीमहल, श्रीनगर डाँडा, रम्भादेवी मन्दिर, अर्घाखाँचीको सुपादेउराली, पाणिनी तपोभूमि छन्।

गुल्मीको सत्यवती टुरिजम एन्ड रेलिजियस सेन्टर, रुरु क्षेत्र, रुकुम पूर्वको गुरिल्ला टेरेल, ढोरपाटन, माइकोट, फोक्सुन्डो टेरेल, रोल्पाको जलजला, प्युठानको स्वर्गद्वारी, रकगार्डेन, झिमरुक, ओखरकोट, दाङको बगरबाबा रिलिजियस टुरिस्ट स्पोर्ट छन्। बाँकेको वागेश्वरी मन्दिर, राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्ज, डल्ला होमस्टे, कृष्णसार संरक्षण क्षेत्र, ओम केदारेश्वर धाम, शिवमन्दिर क्षेत्र छनोटमा परेका छन्। प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको लुम्बिनी भिजिटर्स गाइडमा यी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा चित्रण गरी आवश्यक जानकारी समेटिएको छ।

नेपाल भ्रमण वर्षका लागि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरी काम अगाडि बढाएको पर्यटन सचिवालयलका प्रमुख घिमिरेले बताए। उनका अनुसार संघीय सरकारले पर्यटन वर्षको तयारीस्वरुप सचिवालय बैठक र कार्यक्रमका लागि २५ लाख उपलब्ध गराएको छ। धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका  स्थानहरुको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवस्थापन गरी तिनको व्यापक प्रचारप्रसार गर्दै लक्ष्यअनुरुप आन्तरिक तथा बाह्य पर्यटक भिœयाइने घिमिरेले बताए।

प्रकाशित: १ पुस २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App