८ वैशाख २०८१ शनिबार
खेल

च्यासलको जितमा साहुखल नायक

काठमाडौं - कप्तान सन्तोष साहुखलले दुई गोल गरेपछि च्यासल युथ क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। करिब पाँच वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ‘ए’ डिभिजन लिग सञ्चालन हुँदा च्यासलले सिमजी संकटामाथि २–० को जित निकाल्यो। साहुखलले समेत दशरथ रंगशालामा पुनरागमन गर्दा आफ्नो टोलीलाई पहिलो खेलमै तीन अंक दिलाए। सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा सोमबार विभागीय टोली त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ को हराउँदै विजयी सुरुआत ग-यो।

गत वर्ष लिग लगातार सञ्चालन नहुँदा साहुखलले च्यासलबाट ६ खेल मात्र खेलेका थिए। यस पटक भने लिगमा पूरा खेल खेल्ने लक्ष्य राखेका साहुखलले संकटाविरुद्ध पूरै समय खेलेका थिए। समयमा श्रम स्वीकृति नपाउँदा दुवै टोलीले विदेशी खेलाडी राख्न पाएनन्। युवा र अनुभवी खेलाडीको राम्रो साथ पाएको च्यासलले अपेक्षित रूपमा सुरुआतदेखि विपक्षीलाई दबाबमा राखेको थियो।

खेलको अन्तिम ९ मिनेट १० खेलाडीमा सीमित संकटाविरुद्ध च्यासलले दुवै हाफमा १÷१ गोल ग¥यो। खेलको ८१औं मिनेटमा लक्ष्मण रुचालले रातो कार्ड पाएपछि संकटा १० खेलाडीमा सीमित भएको थियो। लक्ष्मण ८०औं र ८१औं मिनेटमा लगातार पहेंलो कार्ड सामना गरेपछि बाहिरिन बाध्य भएका हुन्।

११औं मिनेटमा च्यासलले गोल अवसर सिर्जना गरेको थियो। च्यासलका हेमन्त थापामगरको  सशक्त प्रहार संकटाका गोलकिपर विनयले मुस्किलले बचाउँदै आफ्नो टोलीको संकट टारेका थिए। २३औं मिनेटमा संकटाका डिफेन्डर जनक कोइरालाको फितलो डिफेन्सका कारण च्यासलका छिरिङ गुरुङले गोलको राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। छिरिङ संकटाका गोलकिपर विनयसँग वान भर्सेस वानको अवस्थामा चुकेका थिए। त्यसको एक मिनेटपछि नै च्यासलका सन्तोषको हेड प्रहारलाई संकटाका डिफेन्डरले रोक्दै आफ्नो टोलीलाई पछि पर्नबाट जोगाए।

खेलको २३औं मिनेटमा संकटाले पहिलो उत्कृष्ट आक्रमण गरेको थियो। संकटाका राजेन्द्र रावलको सशक्त प्रहारलाई च्यासलका गोलकिपर एलेन न्यौपानेले पन्च गरिदिए। त्यसको एक मिनेटपछि नै संकटाले अर्को अवसर सिर्जना ग¥यो। लक्ष्मण रुचालको प्रहारमा एक पटक फेरि एलेन बाधक बने।

२५औं मिनेटमा सन्तोषको प्रहारलाई संकटाका गोलकिपर उत्कृष्ट बचाउ गरेपछि च्यासलले पुनः अग्रता लिने अवसर गुमायो। ४२औं मिनेटमा भने सन्तोष चुकेनन्। हेमन्त थापामगरको पास सदुपयोग गर्दै उनले च्यासललाई पहिलो हाफअगाडि अग्रता दिलाए।

खेलको ७५औं मिनेटमा संकटा बराबरी गर्नबाट चुक्यो। क्षितिजराज जिटीको हेड प्रहारमा च्यासलका गोलकिपर एलन बिट भएको अवस्थामा डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट क्लियर गरिदिए।  त्यसको एक मिनेटपछि नै संकटाका सुभाष गुरुङको प्रहार एलेनले रोके।

८२औं मिनेटमा संकटाका लक्ष्मण रुचाल रातो कार्डको सामना गर्दै बाहिरिएपछि च्यासलले त्यसको फाइदा लियो। ८३औं मिनेटमा सन्तोषले गोल गदै च्यासललाई २–० को सहज जित दिलाए। अमिर श्रेष्ठको पासमा सन्तोषले पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए। सन्तोष म्यान अफ दी म्याच घोषित भए।

जितपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले विदेशी खेलाडी खेलाउन नपाउँदा सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए। त्यसअघि संकटाका प्रशिक्षक विजय महर्जनले पनि विदेशी खेलाडीले खेल्न नपाउँदा सेटमा असर परेकाले हार बेहोरेको बताए।

सोमबारको पहिलो खेलमा आर्मीको जितका लागि नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरे। खेलको चौथो मिनेटमै आर्मीले अग्रता बनाएको थियो। फ्रेन्ड्सका गोलकिपर देव लिम्बु अघि बढेको अवस्थामा नवयुगले गोल गरेका थिए। त्यो गोलसँगै आर्मीले पहिलो हाफमा १–० को अग्रता लियो। दोस्रो हाफको सुरुआतमै खेलमा फर्किएको अवसर सदुपयोग गर्न नसक्दा फ्रेन्ड्सले अंक गुमायो।

५१औं मिनेटमा फ्रेन्ड्सका शक्ति राईले गोल गर्दै खेल बराबरीमा ल्याए। सेसेहाङ आङदेम्बेको ब्याक पासमा शक्तिले दोस्रो बार च्याप्दै गोल गरेका थिए। ८१औं मिनेटमा भरत खवासको कर्नर पासमा विमल पाण्डेको हेडरलाई अनमार्क रहेका दिनेशले वान टच गर्दै बललाई जाली चुमाए। त्यो गोल नै आर्मीको जितका लागि निर्णायक बन्यो। दिनेश म्यान अफ दी म्याच भए। जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलमा तीन अंक पाएकोमा खुसी व्यक्त गरे।  पे्रmन्ड्सका प्रशिक्षक मार्कुस फिलिपेले विदेशी खेलाडी नहुँदा खेल्न गाह्रो भएको प्रतिक्रिया दिए।

‘स्तर झनै घटेको छ’
च्यासलका सन्तोष साहुखल नेपाली फुटबलका निकै अनुभवी खेलाडी हुन्। ‘ए’ डिभिजन लिगमा पनि उनी निकै सफल मानिन्छन्। यद्यपि, उनी पछिल्लो समय जापान बस्दै आएका छन्। गत वर्ष पनि लिग खेल्न नेपाल आएका साहुखल च्यासलबाट केही खेल खेलेपछि जापान फर्किएका थिए। गत वर्ष लिग लगातार सञ्चालन नहुँदा उनले खेल्न पाएनन्।

यस पटक लगातार सञ्चालन भए लिग सकिएपछि मात्र जापान फर्किने सन्तोषको लक्ष्य छ। सोमबार संकटामाथि सन्तोषले दुई गोल गर्दै अभैm आफू लयमै रहेको साबित गरिदिए। साथै ३६ वर्षे सन्तोषले पूरा समय खेल्दै अभैm आपूm फिट रहेको संकेत गरे। जितपछि उनले व्यक्तिगत प्रयासका कारण फिटनेस सम्भव भएको उल्लेख गरेका छन्।
त्यस क्रममा उनले पछिल्लो समय नेपाली फुटबलको स्तर झनै घटेको समेत बताएका छन्। ‘हाम्रो फुटबलको स्तर माथि छैन। पहिलेको तुलनामा झनै घटेको छ। त्यसको मुख्य कारण लिग समयमा नहुनु पनि होला,’ सन्तोषले औंल्याए। साथै उनले खेलाडीबाट पनि सशक्त व्यक्तिगत प्रयास नहुँदा केही समस्या भइरहेको प्रस्ट्याएका छन्।

‘खेलाडी आपैंm ट्रेनिङ गर्दैनन्। यहाँ हुँदा ममा पनि सोही किसिमको स्वभाव थियो। मैले जापान गएपछि केही सिकें,’ सन्तोषले भने, ‘समग्र स्तर बढ्नका लागि हरेक व्यक्तिले आफ्नो ठाउँबाट पनि प्रयास गर्नुपर्छ।’ सोमबार भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको छ।

प्रकाशित: १ पुस २०७६ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App