coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

चितवन-नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ । सोमबार सकिने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्ने छ । महासंघको आठौं महाधिवेशन पनि चितवनमै भएको थियो ।

नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सुचिकृत गरेको छ । महाधिवेशनमा तीमध्ये ५६ जातिबाट सहभागि हुने महासंघ अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । सुचिकृतमध्ये फ्रि र छैरुवन समुदायको संगठन नभेटिएको उनले बताए । त्यस्तै बनकरियालाई चेपाङ साुमदायभित्रैको जाति मानिएकोले महासंघमा अलग्गै प्रतिनिधित्व रहेको छैन ।

बाँकी ५६ जातीय संस्थाले आफ्नो संस्थाको आधिकारिक मतदाता तोकेर एक एकजना प्रतिनिधि पठाउने छन् । उनीहरुले नै महासंघको १९ सदस्यीय सचिवालय गठन गर्ने छन् । हरेक समुदायबाट एकजना महिला र एकजना पुरुष गरेर ११२ जना केन्द्रीय सदस्य चयन हुने अध्यक्ष कुमालले जानकारी दिए ।

महाधिवेशनले चयन गर्ने १९ सदस्यीस सचिवालयमा एकजना अध्यक्ष, एकजना महिला अनिवार्यसहित आठजना उपाध्यक्ष, आठजना सचिव र एकजना कोषाध्यक्ष रहने छन् । भरतपुरको विरेन्द्र क्याम्पसमा महाधिवेशनको उद्घाटन कार्यक्रम र नारायणगढको नारायाणी कलामन्दिरमा बन्दसत्र हुनेछ । बन्दसत्रमा प्रतिनिधि र पर्यवेक्षकहरु गरेर ४२४ जना सहभागि हुने छन् ।

प्रकाशित: १ पुस २०७३ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App