८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा स्थायी कमिटीमा प्रश्न : पार्टीमै नभएकालाई किन मन्त्री बनाइयो?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका इन्डो प्यासिफिक स्ट्राटेजीदेखि पार्टीमै नभएकालाई मन्त्री बनाइएका विषयसम्म उठेका छन्।

आइतबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सोमबार १२ जनाले आफ्ना भनाई राखेका छन्। बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन तथा महासचिवको विधान संशोधन प्रस्तावमा समेत छलफल भएको छ। प्रतिवेदन र विधान संशोधनमा सदस्यहरुको समर्थन रहे पनि आलोचनात्मक सुझाव राखेका छन्।

बैठकमा बोल्दै देव गुरुङले इन्डो प्यासिफिक स्ट्राटेजीमा फस्न नहुने सुझाव दिएका छन्। उनले संसदबाट एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कम्प्याक्टसम्बन्धी सम्झौता पारित गर्न नहुने सुझाव दिए।

बैठकमा बोल्ने अधिकांस सदस्यहरुले सरकारका कामको आलोचना गरेका छन्। बैठकमा सहभागि एक नेताका अनुसार आज बोल्ने एक नेताले पार्टीमै नभएकालाई मन्त्री बनाइएको विषयलाई गम्भिरतापूर्वक उठाएका थिए। हृदयस त्रिपाठीलाई मन्त्रिमण्डल पूनर्गठनको बेला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको थियो।

बैठकमा युवराज ज्ञवालीले पार्टीले सरकार चलाउने की सरकारले पार्टी चलाउने भन्दै प्रश्न गरेका थिए। ‘सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ’,प्रवत्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिवेदनमा रहेका छुटेका विषय, कमजोरी सच्याउन र आफुलाई लागेको विषयमा सदस्यहरुले धारणा राखेका छन्।’ प्रवक्ता श्रेष्ठका अनुसार अधिकांश सदस्यहरुले प्रतिवेदनमा समर्थन गरेका छन्।

सोमबारको बैठकमा आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले आफ्ना धारणा राखेका थिए।

यस अघि आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजना लगायत विषय उल्लेख छ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ। बैठक भोली ११ बजे पुन: बस्ने छ।

 

 

प्रकाशित: ३० मंसिर २०७६ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App