७ वैशाख २०८१ शुक्रबार
समाज

गुल्मीमा ट्रकले च्यापेर एकको मृत्यु

तम्घास (गुल्मी)-ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७८५ नम्बरको ट्रकको पहिल्लो चक्काले च्याप्दा बिहीबार राति श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास ल्याइपुर्याएको छ । शव परीक्षणका लागि लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ । रासस

प्रकाशित: १ पुस २०७३ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App