७ वैशाख २०८१ शुक्रबार
समाज

हिमपातले यात्रुलाई सास्ति

डडेल्धुरा– हिमपातकारण डडेल्धुरा भएर यात्रा गर्ने यात्रुहरुले वर्षेनी सास्ति खेप्दै आएका छन्।

जिल्लामा दैविक प्रकोप उद्धार समितिले समय मै ध्यान नदिदाँ पनि हिमपातका कारण यात्रु मर्कामा पर्दै आएका हुन्। भिमदत्त राजमार्ग, रदशरथ चन्द राजमार्ग, जयपृथ्वी राजमार्ग लगायतका सडकमा बाक्लो हिउँ परेको छ। जसकाकारण सवारी यात्रामा समेत समस्या उत्पन्न भएको छ। 

एक पटक हिउँ पर्दा दुई दिनसम्म राजमार्गका अवरुद्ध हुने गरेको छ। सो समयमा यात्रुहरु जंगल क्षेत्रमै रात विताउन बाध्य हुँदै आएका छन्। 

शुक्रबार परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्ग अवरुद्ध भएको २० घण्टा पछि एक तर्फी रुपमा यातायात सुचारु भएको थियो। यसैगरी हिमपातकै कारण अवरुद्ध भएको करिब २४ घण्टा पछि दशरथ चन्द राजमार्ग सुचारु भएको थियो। भने जय पृथ्वी राजमार्ग करिब ५० घण्टा पछि मात्रै सुचारु भयो। 

दशरथ चन्द राजमार्गको हिउँ पन्छाउनका लागि सडक अवरुद्ध भएको १८ घण्टा पछि मात्रै डोजर परिचालन गरिएको थियो।
राजमार्गमा एकै साथ हिउँ पन्छाउन आफुसंग पर्याप्त उपकरण नभएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाका अनुसार हिउँ पन्छाउन सडक डिभिजन कार्यालय डोटी सहित सम्बन्धित स्थानीय तहका डोजर प्रयोग भएको छ। उनका अनुसार स्थानीय तहमा पनि पर्याप्त डोजर नहुँदा सडक सुचारु हुन समय लागेको हो।

प्रकाशित: ३० मंसिर २०७६ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App