८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन फेल भएपनि टेन्सन लिन्न: प्रधानमन्त्री

पोखरा–प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेले अहिले चर्काएको आन्दोलन लोकतान्त्रिक गणतन्त्र र प्रतिगमनकारी हुनसक्ने चेतावनि दिएका छन् । आन्दोलन प्रतिगमनकारी हुनसक्ने भएकोले छिटो रोक्दा उचित हुने उनले बताए ।

संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव विरुद्ध एमालेले चर्काएको आन्दोलन गणतन्त्र विरोधी हुनसक्ने उनले बताए । ‘एमालेको आन्दोलन प्रतिगमनकारी हुनसक्छ । एमालेको नियत त्यो छ नै भन्न खोजेको होइन,’ पोखरामा शुक्रबार संचारकर्मीसँग उनले भने, ‘तर, कुरा नबुझेर समझदारीमा नआए एमालेको आन्दोलन गणतन्त्र विरोधी हुनसक्छ ।’

संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव विरुद्ध एमालेले चर्काएको आन्दोलन गणतन्त्र विरोधी हुनसक्ने उनले बताए । ‘एमालेको आन्दोलन प्रतिगमनकारी हुनसक्छ ।

प्रधानमन्त्री दाहालले एमालेको आन्दोलन ५ नम्बर प्रदेशको सीमाको विषयमा मात्र केन्द्रीत नहुने बताए । ‘त्यो गणतन्त्र र संघीयता विरोधी हुनेछ । त्यसैले म विनम्रपुर्वक अनुरोध गर्छु, आन्दोलन रोक्नुस,’ उनले भने, ‘कसैले आन्दोलनको भरमा परिवर्तन उल्ट्याउन सकिन्छ भन्ने लागेको भए त्यो सम्भव छैन ।’

उनले संसदमा पेश भएको संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताए । ‘संशोधन प्रक्रिया परिमार्जन हुनसक्छ । संशोधन हालेर संसदबाटै परिमार्जन हुनसक्छ । तर प्रस्ताव रोक्ने कुरै हुँदैन,’ दाहालले भने, ‘प्रस्ताव रोक्दा राष्ट्रको हित हुँदैन । यो अघि नै बढ्छ । सबैको सहमतिमा संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न सकिन्छ ।’

निर्वाचन विधेयक सदनमा पुगेकोले पारित गराउनु पर्ने जरुरी रहेको उनले बताए । ‘निर्वाचनको मिति तोक्नु छ । महाअभियोग टुंगो लगाउनु छ । त्यसैले सबैलाई एकैपटक र संसदबाट गरौ भनेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘तर, आफूलाई झन्डै ३० वर्ष पुरानो संसदवादी हुँ भन्नेले अहिले संसद अवरोध गरेर सबै काम रोकेका छन् ।’

‘एककट्ठा जमिन र केही तोला सुन पनि पार्टीको हो । मेरो नाममा रहेकोले मात्र मैले सार्वजनिक गरेको हुँ’ उनले भने, ‘म सँग जे छ त्यो पार्टीको हो । जाँदा छोरानातीलाई छाड्ने केही छैन ।’

‘आफूहरुसँग एकतिहाई भन्दाबढी छ भनेर देखाउनेले प्रस्तावलाई अल्पमतमा पारेर फेल गराए भइहाल्यो,’ दाहालले भने, ‘प्रक्रियाबाट भोटिङ भएर परास्त भए तपाईको जित हुनेछ । अल्पमतमा परेपनि मैले हार मान्दिन । ‘संसदीय प्रक्रियाबाट हारियो भने म हार मान्दिन, फेल भएपनि म टेन्सन लिन्न ।

मेरो सम्पत्ति नै छैन
प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई मान्छेले नपत्याएको बताएका छन् । मन्त्री, प्रधानमन्त्री बनेपछि सम्पत्ति कमाउँछन् भन्ने बेलामा आफूले थोरै देखाउँदा अपत्यारिलो भएको उनले बताए । जनयुद्धको बेलामा भएको सहमति अनुसार सबै सम्पत्ति पार्टीकरण गरेको दाहालले बताए ।

‘एककट्ठा जमिन र केही तोला सुन पनि पार्टीको हो । मेरो नाममा रहेकोले मात्र मैले सार्वजनिक गरेको हुँ’ उनले भने, ‘म सँग जे छ त्यो पार्टीको हो । जाँदा छोरानातीलाई छाड्ने केही छैन ।’ आफूसँग पार्टी र राज्यको बाहेक व्यक्तिगत सम्पत्ति केही नरहेको उनले बताए । ‘कसैले मेरो व्यक्तिगत सम्पत्ति देखाउन सके भने मैले राजनीतिबाटै सन्यास लिनुपर्ला,’ दाहालले भने ।

प्रकाशित: १ पुस २०७३ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App