६ वैशाख २०८१ बिहीबार
समाज

बेपत्ता १३ जना सकुशल फर्किए

जुम्ला - जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्। उनीहरु आइताबार राति दस बजे तिर गाउँ फर्किएका हुन। बिहिवार जडिबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए।

बेपत्ता भएकाहरुसंग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकार समक्ष माग गरिएको थियो।स्थानीय प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयलाइ उद्धार गरिदिनको लागि हेलिकप्टर ब्यवस्थापन गर्न पत्र पठाएको थियो। जस अनुसार गृहमन्त्रालयले हेलिकप्टर मार्फट बेपत्ताको उद्धार गर्न निर्देशन दिएको थियो।

सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो। तर मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन्।बिहान बेपत्ता मध्येको एक जना छविराज बोहोराले फोन गरेर आफुहरु सकुशल भएको जानकारी दिएका थिए । उनीहरु हिमपातमा परेर मरेका बीनबहादुर बोहोरालाइ संगै ल्याएर गाउँ फकिएका हुन्। 

प्रकाशित: ३० मंसिर २०७६ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App