७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवनमा पोखरा सडक महोत्सवको प्रचार

फाइल फोटो

चितवन– पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ।

भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ। 

रेवानद्वारा सोमबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो। यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ। 

यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो। महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार ७० लाख रुपैयाँको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको सो महोत्सवमा ८५ लाख रुपैयाँ बराबरको आम्दानी हुने जनाइएको छ।

महोत्सवको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालको लोपोन्मुख सांस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजमा प्रदर्शन गरिने, सडकमा नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाका परिकार रहेका छन्। 

प्रकाशित: ३० मंसिर २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App