coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मुस्ताङका पूर्वराजा विष्टको निधन

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्ट। तस्विरः

काठमाडौं—मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। फोक्सोको समस्याबाट पीडित उनलाई उच्च रक्तचाप समेत थियो।

उपल्लो मुस्ताङको लोमान्थाङमा जन्मिएका उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका तेस्रो पुत्र थिए। उनले चीनको सिगात्से (तिब्बत) बसेर स्व अध्ययन गरेका थिए। सन् १९५९ मा उनलाई राजा आङ्गुनको उत्तराधिकारीको रुपमा नेपालका तत्कालीन राजाले मान्यता दिएका थिए। सन् १९६४ मा पिताको निधनपछि उनी मुस्ताङको राजा घोषित भएका थिए।

उनी सन् १९६४ देखि १९९० सम्म राजसभाको सदस्य तथा सेनाको लेफ्टिनेन्ट कर्नेलको जिम्मेवारीमा थिए। वि.सं. २०६२/६३ को जनआन्दोलनपछि नेपालबाट राजतन्त्र हटेसँगै उनी पदबिहीन भएका थिए।

प्रकाशित: १ पुस २०७३ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App