७ वैशाख २०८१ शुक्रबार
समाज

बेपत्ता १३ जनाको हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसम बाधक

जुम्ला - जुम्लाको तिला गाउँपालिका ९ शेरा फुलबारी पाटनमा बेपत्ता भएका १३ जनाको उद्धारको लागि सरकारले हेलिकप्टर पठाउने तयारी गरेको छ। गृहमन्त्रालयले उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन गरिसकेको छ। जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठकाअनुसार सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा छ। तर भिजिबिलिटी कम भएकाले उड्न सकेको छैन्।  सुर्खेत अन्धकार जस्तै छ्, जसका कारण हेलिकप्टर उड्न सकेको छैन, आकाश खुल्ने बित्तिकै हेलिकप्टर उड्ने छ, निमित्त प्रमुख जिल्लाअधिकारी श्रेष्ठले भने,‘ बेपत्ता नागरिकको खोजबिन शुरु हुनेछ।’

जिल्ला सुरक्षा समितिको बैठक बसेर हिमपातका कारण बेपत्ता भएका १३ जनाको उद्धार गर्न गृहमन्त्रालयमा पत्राचार गरेका थिए। उद्धारको लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।    
जिल्ला सुरक्षा समितिले उद्धारका लागि आएको हेलिकप्टरसँग तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोलाइ पठाउने भएको छ। वडाध्यक्ष बोहोरा पाटन बारे जानकार भएकोले उद्धार टोलीसँग पठाउन सहज हुने निष्कर्ष सुरक्षा समितिले निकालेको छ।  हिमपातमा बेपत्ताको उद्धारका लागि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि पहल थालेका छन्। हेलिकप्टरमा उद्धार टोलीसँग उनी पनि जाने बताइएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले उद्धारका लागि हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहेको जानकारी दिए। उनले भने,‘बेपत्ता नागरिकको उद्धारका लागि सरकार प्रतिबद्ध छ। तर मौसमले हेलिकप्टर उड्न दिएको छैन्। हेलिकप्टर उड्न मिल्ने मौसम हुने बित्तिकै उद्धार कार्य तिब्र रुपमा शुरु हुन्छ।’

जडिबुटी संकलनका लागि पाटन गएका एकै गाउँका १३ जना बेपत्ता भएका हुन्। जिल्ला समन्वय समितिका प्रमुख र प्रतिनिधि सभा संसद गजेन्द्रबहादुर महतले उद्धार गर्न सरकार समक्ष पहल गरिसकेका छन््। जुम्लामा नेपाली सेनाको रेसक्यू टोली तयारी अवस्थामा छ।

प्रकाशित: ३० मंसिर २०७६ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App