७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस विवाद सहमतितर्फ

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले संस्थापन पक्षसँग केन्द्रीय समिति बैठक बाहिर नै सहमतिमा पुगेपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका छन्। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा आइतबार साँझ नेता रामचन्द्र पौडेलसहितको बैठकले महाधिवेशनको कार्यतालीकसहित सबै विषयमा सहमतिपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन्। ‘केन्द्रीय समितिबाहिर एउटा समझदारी नभई फेरि बैठकमा सहभागी हुने र त्यहाँ विवाद गर्नुभन्दा पहिला नै निष्कर्षमा पुगेर मात्र सहभागी हुने समझदारी बनेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्र देखिएका समस्याका विषयमा सिद्धान्तत एउटा खालको कुरा भएको छ, त्यसलाई व्यवहारमा ढाल्न बाँकी छ।’

सोमबारको केन्द्रीय समिति बैठकअघि दुवै पक्षबाट छलफलमा खटिएका नेताहरूबीच कुराकानी हुने र एउटा टुंगोमा पुग्ने नेताहरूको बुझाइ छ। ‘कार्यतालिका, समान्नजनक सहभागितासहित चारै कुरामा न्यायोचित टुंगोमा पुग्ने प्रयास भइरहेको छ,’ एक नेताले भने, ‘एउटै पार्टीभित्रको कुरा हो, तलमाथि भइहाल्छ, नमिल्ने भन्ने कुरा छैन।’

पार्टी नेता पौडेल शनिबार पाथीभाराको दर्शन गर्न गएको भन्दै आइतबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले छलफल सकारात्मक ढंगले अघि बढेको जानकारी गराएका थिए। पौडेल आइतबार साँझ काठमाडौं आइपछि कोइराला निवास महाराजगञ्जमा निकट नेताहरूसँग छलफल गरेका थिए। आइतबार बिहान महामन्त्री शशांक कोइरालासँग भेटेका निधिले नेता प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडु र ह्दयराम थानीसँग छलफल गरेका थिए।

प्रकाशित: ३० मंसिर २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App