दूरसञ्चारको निर्णयविरुद्ध रिट

सोमबार, ३० मङि्सर २०७६, १० : २४ नागरिक

काठमाडौं – दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी बढाबढका लागि गरेको निर्णयले सिजी कम्युनिकेसन प्रालिलाई असर पर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। चौधरी ग्रुरपको स्वामित्वमा रहेको सिजी कम्युनिकेसनका तर्फबाट टीकाराज कार्कीले दूरसञ्चारको निर्णयविरुद्ध रिट निवदेन दर्ता गरेका हुन्।

दूरसञ्चारले मंसिर १९ मा फ्रिक्वेन्सी बढाबढको सूचना प्रकाशन गरेको थियो। दूरसञ्चारले पुस २ मा फ्रिक्वेन्सी लिलाम बढाबढ गरिने सूचनामा उल्लेख गरेको छ। ‘बढाबढको सूचनाले सिजी कम्पनीलाई अपुरणीय क्षति पुग्ने, यस अदालतको आदेशको विपरीत हुने भएकाले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्नु भनी अन्तरिम आदेशसमेत जारी गरिपाँऊ’ रिट निवेदकको माग छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ माघ २२ को निर्णयले सिजीले किस्ताबन्दीमा रकम लिने निर्णय गरेको थियो। कम्पनीले बुझाउनुपर्ने रकम बुझाइसकेको दाबी रिट निवेदनमा गरेको छ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad