coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चौडाइ विवादले कालोपत्रे ढिलाइ, आधा दर्जन घरधुरीको विवादले समस्या

निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–बेलटार खण्डको कालोपत्रे सडक। तस्बिरः महेश्वर/नागरिक

उदयपुर - राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना ‘मदन भण्डारी स्मृति लोकमार्ग’अन्तर्गत उदयपुर सदरमुकाम गाईघाटका केही स्थानीयबीच भएको विवादका कारण सडक कालोपत्रेसहित फराकिलो गर्ने काममा बाधा परेको छ। पुरानो गाईघाट (पिजी) चौकको पिजीचोकको झन्डै ७० मिटर खण्डका दर्जन हाराहारी घर र जग्गाधनीबीच विवाद भएपछि चौडा र कालोपत्रे गर्ने काममा ढिलाइ हुने संकेत देखिएको छ।

लोकमार्गको गाईघाट पश्चिम र पूर्वतर्फ धमाधम काम भइरहे पनि बजार क्षेत्रको कालोपत्रे गर्ने काम बाँकी छ। सम्भावित विवादबाट बँच्न लोकमार्ग कार्यालयले बजारपूर्व र पश्चिमतर्फको कालोपत्रे सकेर मात्र बजारमा काम गर्ने निर्णय गरेको थियो। सोही अनुसार पूर्वतर्फ असारीदेखि बसाहासम्म र पश्चिम आँखा उपचार केन्द्रदेखि चुहाडे हुँदै कालीखोला चिसापानीसम्मको कालोपत्रे तिहारअघि नै सकिइसकेको छ। अहिले पूर्वतर्पm निर्माणाधीन पुल एप्रोज र पुल बन्न बाँकी खोला आसपास बाँकी राखेर बसाहासम्मकै कालोापत्रे काम सकिइसकेको छ।

त्यस्तै पश्चिमतर्फ चुहाडे हुँदै कालीखोला चिसापानी, मुर्कुची हुँदै नेपालटारसम्मको कालोपत्रे सक्न लागेको छ। नेपालटारदेखि कटारी हुँदै सिन्धुली सीमानासम्मको स्तरोन्नति र ग्राबेलको काम धमाधम भइरहेको सडकको सदरमुकाममा भने सामान्य विवादले निकास नपाउँदा काम रोकिन पुगेको हो। पिजी चोकका केही स्थानीयले सडक आफूतिरबाट अर्कातिर धकेल्न खोज्दा विवाद सुरु भएपछि काम सरासर गर्न अवरोध पुगेको लोकमार्ग कार्यालयले जनाएको छ।

पिजी चोकका युवराज बुढाथोकी, बबरबहादुर थापा, रत्न श्रेष्ठ, हिलाप्रसाद पोखरेल सकेर मात्र बजारमा कालोपत्रे गर्ने काम थालिएको हो। लोकमार्ग कार्यालयले १४ मिटर कालोपत्रे र दुवैतर्फ नाला बनाउँदा १८ मिटर चौडा सडक बनाउने प्राविधिक स्टिमेट बनाएकामा त्रियुगा नगरपालिकाले बजार क्षेत्रमा २५ मिटर चौडा गर्ने निर्णय गर्दै माइकिङ गरेपछि विवाद उठेको हो। नगरपालिकाले कात्तिक सुरुमै माइकिङ गर्दै साता दिनभित्र घरटहरा हटाउन सूचित गर्दै अन्यथा नगरपालिकाले हटाउने र त्यसको जवाफदेही स्वयं हुनुपर्ने चेतावनी दिएपछि उठेको विवादमा लोकमार्ग कार्यालय, नगरपालिका र बजारवासीबीच भएको छलफलबाट २० मिटर कायम गर्ने सहमति भएको थियो।

सहमति अनुुसार अधिकतर घरधनीले २० मिटरभित्र पर्ने संरचना हटाइसके पनि पिजी चोकमा सडक तलबाट लाने या माथिबाट भन्ने विवादले निकास ननिस्कदा कालोपत्रेको काममा बाधा खडा भएको स्थानीय बताउँछन्। लोकमार्गजस्तो संवेदनशील विषयमा स्थानीयले विवाद नगरी सडक क्लियर गर्नुपर्ने पिजी चोकबासी डा कैलाश राई बताउँछन्। उनले मदन भण्डारी लोकमार्ग गाईघाटवासीको भाग्य र भविष्यसँग जोडिएको विषय भएकाले धेरै विवाद नगरी सडक बन्न दिनुपर्ने सुझाव दिएका छन्।

सडकका दायाँतर्फ ६ घर र बायाँतर्फ तीन घर गरी जम्मा ९–१० घर स्थानीयले पुरै सडक बन्न बाधा खडा गर्न नहुने अर्का स्थानीय मोहनसिंह तामाङको सुझाव छ। दुवैतर्फका घरधनी भने सडकले आफूलाई पीडित बनाउने तर्क गर्छन्। दायाँतर्फका युवराज बुढाथोकी पुरानो नापी अनुसार सडक बन्नुपर्ने अडानमा छन् भने उनीसँग बबरबहादुर थापा, रत्न श्रेष्ठ र हिराप्रसाद पोखरेललगायत पनि सहमत छन्। २०२८ को नापी अनुसारको बाटोलाई नै सडकमा रुपान्तरण गरिएकाले सोही अनुसार सडक बन्नुपर्ने भन्दै उनीहरुले आफ्नो घरजग्गा मिच्न नदिने अडान उनीहरुको छ। पुरानो नक्सा अनुसार सडक बनाउने हो भने साविकभन्दा चार–पाँच मिटर बायाँतर्फ सडक विस्तार गर्नुपर्ने हुन्छ। 

यता बायाँतर्फका शिव कटुवाल र कविन्द्र राईलगायतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सडक खन्नुपर्ने अडान राखेका छन्। उनीहरुका अनुसार डिपिआरले तय गरे अनुसार सडक साविकभन्दा पाँच–सात मिटर दायाँतर्फ विस्तार हुन जान्छ। दुवैतर्फको आ–आफ्नो अडानले निकास ननिस्कदा बजारजस्तो महत्वपूर्ण ठाउँको सडक कालोपत्रे हुने काममा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ। लोकमार्ग कार्यालयले नगरपालिकाले विवाद मिलाउनुपर्ने अडान लिएको छ भने उता नगरपालिकाले सबै जिम्मा लोकमार्ग कार्यालयलाई दिएर आफूले हात झिकेको जनाएको छ।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले सडकको विषयमा २० मिटर बनाउने सहमति भएसँगै आफूले सबै जिम्मा लोकमार्ग कार्यालयलाई दिएको बताए। उनले बजार क्षेत्रको २.२ किलोमिटर खण्डमा २५ मिटर बनाउने निर्णय गरे पनि लोकमार्ग कार्यालय र स्थानीयको सहमति जुट्न नसक्दा २० मिटर कायम गर्ने सहमति भएको भन्दै बाँकी काम सबै सडकले गर्नेगरी छाडिदिएको बताए। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण विक्रम थापाले पनि माइकिङ गरेदेखि नै बजारवासीले विरोध गरेकाले सबै काम सडक कार्यालयले गर्नेगरी जिम्मेवारीबाट नगरपालिकाले हात झिकेको बताए। ‘हामीले माइकिङ सुरु गर्नेबित्तिकै विरोधको आवाज आउन थाल्यो,’ थापाले भने, ‘त्यसपछि विवादित हुनुभन्दा लोकमार्ग कार्यालय आपैmंले मिलाएर काम गरोस् भनेर हात झिक्यौं।’

लोकमार्ग कार्यालयका इन्जिनियर गोविन्द दुमरुले विवादभन्दा पनि नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो बनाउने निर्णय गरेकाले २० मिटरभित्र बनेका घरटहरा क्लियरिङ गर्ने काम भइरहेको बताए। सडक दायाँबायाँका २० मिटरभित्र पर्ने घरटहरा घरधनी आफैंले भत्काउने क्रम चलिरहेको तर, पिजी चोककोबारे भने टुंगो लागिनसकेको उनले बताए। सडकको चौडाइबारे टुंगो नलागेका कारण अन्य ठाउँमा विद्युत्का पोल गाडिसके पनि पिजीचोकमा तीनवटा पोलसमेत गाड्न बाँकी रहेको बताउँदै नगरपालिकाले यसबारे छिटै निकास निकाल्नुपर्ने इन्जिनियर दुमरुले बताए।

दुमरुले लोकमार्गको उदयपुर खण्डको एक सय ४३ किलोमटिरमध्ये पूर्वतर्फ ४१ र पश्चिमतर्फ १५ किलोमिटर सडकमा कालोपत्रे भइसकेको बताए। पिजीचोकको ७० मिटर खण्डमा टुंगो नलागिसके पनि पश्चिममा आँखा अस्पतालअगाडि सेतो पुलसम्म र पूर्वतर्फ असारीदेखि बरुवाखोला पुलसम्म काम धमाधम भइरहेको इन्जिनियर दुमरुले बताए।

प्रकाशित: ३० मंसिर २०७६ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App