किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट

सोमबार, ३० मङि्सर २०७६, ०८ : ४८ नागरिक

काठमाडौं – पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट घोषित भएको छ। आइतबार आयोजित किम्फको समापनमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको उत्कृष्ट हुँदै ‘पियानो टु जंस्कर’ फिल्मले दुई लाख रुपैयाँ जितेको थियो। त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ र मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयाँ जितेको थियो।

नेपाल पानोरामाअन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो। किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ। उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो। मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो। फिल्मले ७५ हजार रुपैयाँको जितेको थियो।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमश ः ४० हजार, ३० हजार र २० हजार जितेका थिए। महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए। किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए। फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए।

‘पछाडी पारिएकाहरुको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए। एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिएका थिए।

‘नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन वर्षेनी महोत्सवको आयोजना गरिरहेका छौं। नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्ममेकरहरुलाई प्रोत्साहित गरिरहेको छ। फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका छौं,’ महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फका अध्यक्ष वसन्त थापाले भने।

गत मंसिर २५ देखि आइतबारसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको थियो। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए।






यसमा तपाईको मत

अन्य समाचार

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

Ncell Footer Ad