coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई किलो गाँजासहित युवा पक्राउ

उदयपुर- उदयपुरको बेलका नगरपालिकाबाट अवैध गाँजासहित एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी नायव निरीक्षक हरि खड्का नेतृत्वको सवारी गस्ती टोलीले बेलका ८ स्थित दिवाजोर भन्ने ठाउँबाट २ किलो गाँजासहित भोजपुर हतुवागढी गाउँपालिका ७ का २२ वर्षीय यजप्रकाश राईलाई पक्राउ गरेको हो।

राति ९ बजेको समयमा को१२प ७१०३ नं. को मोटरसाइकलमा चढेर बेलका ७ मैनामैनीदेखि कोठुतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयल उदयपुरले जनाएको छ। गाँजा र मोटरसाइकलसहित उनलाई इप्रका रामपुरमा ल्याएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।   

प्रकाशित: २९ मंसिर २०७६ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App