coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वर्षाले काँचो इट्टा नष्ट, करोडौंको क्षति

बारा- भट्टीमा हाल्नको लागि तयारी पारिएको  करोडौ मूल्यको काँचो इटामा शुक्रबार र शनिबार परेको बर्षाले क्षति पुर्‍याएको छ। एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इटा बर्षाले नष्ट भए पछि भट्टा संचालकहरु आर्थिक भारमा परेका छन्।

‘दुई दिन देखि परेको पानीले तयारी गरिएको  काच्चो इटा मध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ कलैया उपमहानगरपालिका ७ रंगपुरमा रहेको न्यू यादव इटा उद्योगका सन्चालक रवीन्द्र प्रसाद यादवले भने ‘भट्टीमा हाल्नको लागि १० लाख इँटा तयारी गरिएकोमा छ लाख जति नष्ट भएको छ।’

भाडामा लिएको जग्गामा इटा निर्माण गराएर भट्टीसम्म ढुवानी गराउँदा एउटा काच्चो इँटामा तीन रुपैयासम्म खर्च हुने गरेको यादवले बताए।

‘एउटा काँचो ईट्टा शुरुमा तयार गर्न एक रुपैयाँ ३० पैसा मजदुरी खर्च  लाग्ने गरेको छ,’ यादवले भने, ‘तयार भई सकेको काचो इँटालाई भट्टटीसम्म ढुवानी गर्दा समेत धेरै मजदुरहरु लाग्ने गरेको छ।’

बैंकसँग ऋण लिएर तयार गरिएको लाखौको इटा नष्ट हुँदा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको यादवले बताए।

बारा,पर्सा ईट्टा व्यवसायी संघका महासचिव समेत रहेका यादवले बर्षाले गर्दा एउटा इटा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको दावी गरे।

दुबै जिल्लाहरुमा दुई सयको हाराहारीमा इँटा भट्टाहरु सन्चालनमा रहेको र बर्षाले गर्दा सबै  इटा उद्योगका सन्चालकहरु आर्थिक भारमा परेको यादवले बताए।

मंसिर महिनामा बिशेष गरि माटोबाट काँचो इटा निर्माण गराउँदा धेरै दिनसम्म सुक्नको लागि छोडनु पर्ने अर्का इटा उद्योगका सन्चालक भोला यादवले बताए।

सुक्नको लागि एक ठाउँमा काँचो इँटाहरुलाई छरिएर राखिएकोले गर्दा बर्षाको पानीले धेरै इटाहरु क्षति भएको यादवले बताए। सरकारले इटा व्यवसायीहरुलाई अहिले राहत दिन पर्ने माग यादवले गरे।

प्रकाशित: २९ मंसिर २०७६ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App