coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शौचालयको सेफ्टिट्याङकीमा युवतीको शव फेला

धादिङ- धादिङको सिद्धलेकमा शौचालयको सेफ्टिट्याङकीमा एक युवतीको शव फेला परेको छ। सिद्धलेक गाउँपालिका वडा नं ३ आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टिट्याङकीमा फेला परेको हो। स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो।

करिब २० दिन पहिले नै हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो। छरछिमेकमा नमिठो गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ठेगाना नखुलेकी अनिसा तामाङ नाम गरेकी २० वर्षिया युवतीको शव गल्न थालिसकेको अवस्थामा प्रहरीले सेफ्टिट्याङकीबाट निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङवेसी ल्याएको छ। महिलाको शव सेफ्टिट्याङकीमा फालिएको भन्ने विशेष सूचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीले जनाएको छ।

युवतीको हत्या गरि घटना गुपचुप गराउन शवलाई सेफ्टिट्याङकीमा फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले बताए। ‘गाउँमा नमिठो गन्ध आउन थालेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए,’ डिएसपी खड्काले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट अर्जुन मगरले विहे गर्ने भन्दै ल्याएको केटीको हत्या गरि शव गत मंसिर १० गते नै सेफ्टिट्याङकीमा लुकाइएको पाइएकोे छ।’

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउसमेत गरेको छ। शव फेला परेको सेफ्टिट्याङकी भएको घरबेटी अर्जुन बहादुर सुयल मगर, इन्द्र बहादुर थापा मगर, छवि थापा मगर र सुजन सुयल मगरलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

‘घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ’ आजबाट अनुसन्धान सुरु गरेका छौँ, उनले भने, अनुसन्धान सकिएपछि हामी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौँ।

 

प्रकाशित: २९ मंसिर २०७६ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App