७ वैशाख २०८१ शुक्रबार
समाज

पाँच वर्षदेखि सेवाविहीन यातायात कार्यालय

दिपायलको राजपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालय। तस्बिरः अरूण/नागरिक

डोटी- डोटी, अछाम र बाजुरा जिल्लाका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँच वर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो। त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो।

जुन बाध्यता पाँच वर्ष नाघ्दासमेत यहाँका सेवाग्राहीका लागि अझै हटेको छैन। दिपायलको राजपुरमा एउटा भवनमा सो कार्यालयको बोर्ड त टाँगिएको छ, तर, सेवा भने कहिल्यै सुचारु हुन सकेन।

यो कार्यालयमा आठौं तहको कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार साउनदेखि कार्यालय प्रमुख नै छैनन्। हाल सहायक छैठौँले निमित्त भएर  जिम्मेवारी समाल्दै आएका छन्। संरचना अनुसार आठौँ तहको कार्यालय प्रमुख, छैठौं तहका अधिकृत एक, पाँचौं तह एक, चौथो एक, मेकानिकल सुपरभाईजर र कार्यालय सहयोगी दुई गरी जम्मा सातजनाको दरबन्दी रहेको छ।

जसमा छैठौँ तहका अधिकृत, पाँचौँ तहका एकजना सहायक, चौथो तहका सहायक एक र कार्यालय सहयोगी एक जनामात्रै कर्मचारी कार्यरत छन्। प्राबिधिक कर्मचारी नभएकाले सेवा दिनै नसकिएको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए। उनले भने, ‘अरु कर्मचारी कामचलाउ भईहाल्थ्यो। आवश्यक पर्ने प्राबिधिक कर्मचारी नै छैनन् सेवा कसरी दिने?’

कार्यालय स्थापना भएको पाँच वर्ष बित्दा सेवा लिन कैलाली धाउनुपर्ने बाध्यता कायमै छ। सवारी दर्ता/नविकरण तथा नामसारी, सवारी चालक अनुमतिपत्र जारी/नविकरण, बाटो इजाजतपत्र जारी/नविकरण, यातायात सेवा पञ्जीकृत, सवारी जाँचपास लगायतका सेवा अधिकारीसहित स्थापना भएको कार्यालय कामविहीन बन्दा सेवाग्राही धनगढी नै पुग्न बाध्य छन्।

 

प्रकाशित: २९ मंसिर २०७६ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App