coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाकाले १३औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेमा दुई स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

विजेता मण्डेकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन्। नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले खेलकूदबाट मण्डेकाजीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उचाइमा बढाएको बताए।

सो अवसरमा सम्मानित मण्डेकाजीले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण कक्षा सञ्चालन गर्ने घोषणा गरे। 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मण्डेकाजीका प्रशिक्षकद्वय गङ्गाराम महर्जन, सजन श्रेष्ठ, मण्डेकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्देकाजीले खेल जगत्मा पुर्‍याएको योगदानको चर्चा गरे। रासस

प्रकाशित: २९ मंसिर २०७६ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App