coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

युरोपका क्लबहरू विरोधमा

जुरिच- युरोपका शक्तिशाली क्लबहरूले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई आफूहरू विश्वकपमा सहभागी राष्ट्रहरूको संख्या बढाउने योजनाविरुद्धमा रहेको जनाएका छन्। फिफाले हाल विश्वकपमा ३२ टोलीलाई सहभागी गराउँदै आएको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपमा सहभागी राष्ट्रको संख्या ४८ पुर्‍याउने योजना सार्वजनिक गरेको प्रतिक्रियास्वरुप युरोपका महारथीले त्यसको विरोध गरेका हुन्। जनवरीमा हुने फिफा काउन्सिल बैठकले यसबारे अन्तिम निर्णय लिने  विश्वास गरिएको छ।

'वर्षभर खेलिने खेलको संख्या अत्यधिक पुगिसकेको छ। विशेष गरी राष्ट्रिय खेलाडीहरूका लागि,’ युरोपेली क्लबहरूको संगठन इसिएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले इसिएको कार्यसमितिले यस्तो पहल अस्वीकार गर्दै आजै फिफा अध्यक्षइन्फान्टिनोलाई पत्र लेखेर विश्वकपमा सहभागीसंख्या नबढाउन अनुरोध गरेको छ।’

‘हामीले मुख्य रूपमा खेलकुदमा ध्यान दिनुपर्छ।राजनीति र व्यवसायफुटबलमा हाबी हुनुहुँदैन,’ इसिएका अध्यक्ष कार्ल–हेइन्ज रुमिङ्गेले भने, ‘समर्थक र खेलाडीको इच्छाअनुसार हामी फिफालाई विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या नबढाउन आग्रह गर्दछौं।’

आगामी फिफा बैठकले विश्वकपको विषयमा सम्भावित चार विकल्पमा छलफल गर्ने अपेक्षा गरिएको छ। त्यसअनुसार पहिलो विकल्पमा अहिले भएको ३२ टोलीलाई ८ समूहमा विभाजन गर्ने, एउटा समूहमा ४ टोली रहने र शीर्ष दुई नकआउट चरणमा प्रवेश गर्ने।

दोस्रो विकल्पअनुसार सहभागी राष्ट्रको संख्या ४० हुनेछ।जसमा प्रत्येक समूहमा ५ टोली राखेर ८ समूह बनाउने वा ४ टोली भएको १० वटा समूह बनाउने।

तेस्रो विकल्पअनुसार सहभागी राष्ट्रको संख्या ४८ पुर्‍याइने छ। जहाँ हाल विद्यमान ३२ टोलीको प्रतियोगिताअघि कमजोर वरीयताका टोलीबीच १६ वटा प्रारम्भिक प्लेअफ खेलाएर छनोट गर्ने र शीर्ष वरीयताका ३२ लाई सोझै समूह चरण खेलाउने।

चौथो विकल्प फिफा अध्यक्ष इन्फान्टिनोले अगाडि सारेको अवधारणाअनुसार हुनेछ। जसमा सहभागी टोलीको संख्या ४८ हुनेछ। प्रतियोगितामा कुल १६ समूह हुने र प्रत्येक समूहमा तीन टोली रहन्छन्।

प्रकाशित: १ पुस २०७३ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App