७ वैशाख २०८१ शुक्रबार
समाज

२२ वर्षमा नभएका काम २ वर्षमा भयोः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २२ वर्ष देखि हुन नसेको काम पछिल्ला दुई वर्षमा सम्पन्न भएको बताएका छन्।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमालमा आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले विकास निर्माणका कामहरु तीब्र गतीले गरेको बताए।  

उनले काभ्रेमा १२ हजार रोपनी क्षेत्रफलमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने जनाकारी दिए। त्यस्तै अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३ सय ९५ किलोमिटर पक्की हुने बताए।

‘सुनकोशी नदीबाट ५३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पु र्‍याउँछौँ’,उनले भने। वर्तमान सरकारको पहिलो आधार वर्ष, दास्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने बताए।  

‘अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ’ उनले भने।  

त्यस्तै मन्त्री बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन्। रासस

प्रकाशित: २९ मंसिर २०७६ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App