coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको चुनौती समाप्त

काठमाडौं- नेपाल इन्टरनेसनल ब्याटमिन्टनमा नेपाली खेलाडीको चुनौती सकिएको छ। नेपालका २२ खेलाडीले प्रतियोगितामा पुरुष र महिलाले एकल, डबल्स र मिक्स डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए। कुनै पनि खेलाडीसेमिफाइनलसम्म पुग्न सकेनन्।

पुरुष एकलतर्फको क्वार्टरफाइनलमा  नेपालको एक्लो प्रतिनिधिरत्नजित तामाङ बिहीबार भारतका सिद्धार्थ ठाकुरसँग सोझो सेटमा पराजित भए। महिला एकलतर्फ क्वार्टरफाइनलमा स्थान बनाएकी शिक्षाश्रेष्ठ भियतनामकी थु लिङ नेग्येन र मेघा चन्द भियतनामकै थी फुवाङ थु त्रानसँग पराजित भए।

त्रिपुरेश्वरस्थितकभर्ड हलमासिद्धार्थलाई रत्नजितले सोझो सेटमा नतिजा सुम्पेका थिए। पहिलो सेटमा २१–८ ले पछि परेका रत्नजित दोस्रो सेट २१–१७ ले गुमाए। रत्नजितको सिद्धार्थसँग यो लगातार तेस्रो हार हो। यसअघि टाटा ओपन इन्डिया इन्टरनेसनल च्यालेन्ज र सेद मोदी इन्टरनेसनल च्याम्पियनसिपमा पनि रत्नजितले सुखद नतिजा ल्याउन सकेका थिएनन्।

फाइनल पुग्न सिद्धार्थले अब भियतनामका डुक फत लीसँग प्रतिस्पर्धा गर्नेछन्। फत लीले बंगलादेशका तुसारकृष्ण रोयलाई २१–६, २१–१० को सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन्।

महिलातर्फ शिक्षा भियतनामी खेलाडी नेग्येनसँग २१–६, २१–१२ को सेटमा पराजित भइन्। नेग्येनले अब फाइलन पुग्न इरानकी अघाई हाजिघा सोराएसँग प्रतिस्पर्धा गर्नेछिन्। एउटै खेल नखेली क्वार्टरफाइनल पुगेकी मेघा भियतनामकै थु त्रानसँग २१–८, २१–७ को सेटमा हारिन्। थु त्रानले इन्डोनेसियाकी देवी युनिता इन्दह सारीसँग खेल्नेछिन्।

पुरुष डबल्सतर्फ रत्नजित र दिपेश धामीको जोडी पाकिस्तानका रिजवान अजम र सुलेरी कसिफ अलीको जोडीसँग २१–१६ २१–१८ को सेटमा पराजित भए। अजम र कसिफ अलीको जोडीले फाइनल पुग्न भारतका एम. अनिलकुमार राजु र बैंकट गौरवप्रसादको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै महिला डबल्समा पूजा श्रेष्ठ र नङ्सलदेवी तामाङको जोडी भारतीय जखमपुदी मेघना र पूर्भिसा एस रामको जोडीसँग २१–७, २१–५ को सोझो सेटमा पराजित हुँदाशोभा गौचन र अनुमाया राईको जोडीले बंगलादेशका अख्तर सप्ला र एलिना सुल्तानाको जोडीसँग २१–७, २१–१३ को नतिजा सुम्पियो।

मिक्स डबल्समा विष्णु कटवाल र अमिता गिरीको जोडीसँग बंगलादेशका मोहम्मद सलमान खान र एलिना सुल्तानाको जोडीसँग२१–१२ २१–१४ को सेटमा पराजित भए भने रत्नजित र नङ्सलको जोडी भारतकासौरभ शर्मा र अनुष्का परिखको जोडीसँग २१–१३, १९–२१, २१–१० को सेटमा पराजित भयो। विजित थापामगर र शिक्षा श्रेष्ठको जोडी भारतका गौरव प्रसाद र जुही देवागनको जोडीसँग २१–८, २१–११ को सेटमा पराजित भएका थिए।

प्रकाशित: १ पुस २०७३ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App