बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख

शनिबार, २८ मङि्सर २०७६, २० : २३ नागरिक

काठमाडौं- तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप  चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

यो उनीहरुले सरकारबाट पाउने नौ लाख रूपैयाँभन्दा बाहेकको पुरस्कार रकम हो। तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले एक लाख ५० हजार रूपैयाँ, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख रूपैयाँ, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले एक लाख रूपैयाँ तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।

तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितका थिए। नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो।

आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, छ रजत तथा छ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए। उनी आठौँ सागको प्रशिक्षकसमेत छन्। मुख्य प्रशिक्षक प्रकाश थापामगरले आठौँ सागमा स्वर्ण प्रदक जितेका थिए।

आठौँ सागमा अर्को स्वर्ण उनकै भाई रामचन्द्र थापामगरले जितेका थिए। तेह्रौँ सागमा नौ खेलाडी फाइनल पुगे पनि तीन जनाले मात्र स्वर्ण पदक जित्न सफल भएका थिए।   






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad