coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माछाको जालमा शिशुको शव फेला

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु ९बालिका० को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताए।

प्रकाशित: २८ मंसिर २०७६ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App