coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

नयाँ दिल्ली- कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्‍यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।

रामलीला मैदनमा उनले भने, 'मेरो नाम राहुल सावरकर होइन। मेरो नाम राहुल गान्धी हो। म सत्यको लागि माफी माग्दिन। मृत्यु स्वीकार्य छ तर माफी माग्दिन।'

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी गृहमन्त्री अमित शाहले माफी माग्नु पर्ने उनले बताए। उनले पहिले अर्थव्यवस्था हाम्रो शक्ति भएको र ९ प्रतिशत जीडीपी वृद्धिदर भए पनि आज के छ भन्दै प्रश्न गरे।

'भारतको अर्थव्यवस्था नरेन्द्र मोदीले एक्लै ध्वस्ता बनाएका छन्। कालो धन नियन्त्रणको नाममा झूठ बोलेर नोटबन्दी गरे। त्यस पछि गब्बर सिंह टेक्स (जीएसटी)।' उधोगपतीको निकटताका कारण नरेन्द्र मोदी मिडियामा छाइरहेको पनि उनले आरोप लगाए।

के हो 'रेप इन इन्डिया' विवाद

शुक्रवार कांग्रेस नेता राहुल गान्धीको 'रेप इन इंडिया' भनाईले संसददेखि सोशल मीडियामा चर्चा भयो। राहुल गान्धीले झारखंडको चुनावी र्‍यालीमा भनेका थिए 'नरेन्द्र मोदीले भनेका थिए मेक इन इन्डिया। तर यस्तो देखिन्छ मेक इन इन्डिया होइन...रेप इन इन्डिया हो।'

उनको यो भनाईप्रति केन्द्रीय मन्त्री स्मृति इरानी लगायत केही बीजेपी सांसदले संसदमा विरोध जनाएका छन्।

स्मृति इरानीले लोकसभामा भनिन्, 'यो पहिलो पटक भएको छ। जब गान्धी परिवारको छोराले आउ हिन्दुरस्तानमा रेप गर। राहुल गान्धी यो सदनका नेता हुनुहुन्छ। के राहुल गान्धी यो भन्न चाहन्छन्, हिन्दुस्तानका हरेक व्यक्ति रेप गर्न चाहन्छन्?'

राहुल गान्धीले यस विषयमा ट्वीटरमा प्रष्ट्याएका छन्। उनले प्रधानमन्त्री मोदीको एक भिडियो सेयर समेत गरेका छन् जुन भिडियोमा मोदीले दिल्लीलाई 'रेप क्यापिटल भनेका छन्।'

Modi should apologise.

1. For burning the North East.

2. For destroying India’s economy.

3. For this speech, a clip of which I'm attaching. pic.twitter.com/KgPU8dpmrE

— Rahul Gandhi (@RahulGandhi) December 13, 2019

 

 

 

 

 

प्रकाशित: २८ मंसिर २०७६ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App