८ वैशाख २०८१ शनिबार
खेल

खेल प्रशिक्षक नियुक्ती गर्दै नगरपालिका

खोटाङ– खेलकुदको व्यवसायीक विकासका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक नियुक्तीको प्रकृया थालेको छ। फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले दुई प्रशिक्षक नियुक्तीको प्रकृया सुरु गरेको हो। विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खेलकुलप्रति आकर्षित गर्दै विभिन्न विद्याका क्षमतावान र योग्य खेलाडी उत्पादनका लागि प्रशिक्षक नियुक्ती गर्न लागिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

विभिन्न खेलकुद सम्बन्धी प्रतियोगीतामा जिल्ला वा नगरपालिकाको प्रतिनिधित्व गराउनेक्रममा अन्यत्रबाट खेलाडी जम्मा गरेर पठाउनुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकामै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको नगरपालिकाले जनाएको छ। हाल स्थानीय तह, वडा वा संघसंस्थाले विभिन्न ठाउँबाट खेलाडी जम्मा गरेर प्रतियोगीतामा सहभागी गराउने गरेका छन्। ‘खेलकुदको व्यवसायीक विकास गर्ने हो र खेलाडी उत्पादन गर्ने हो भने सानै उमेरदेखि प्रशिक्षणको आवश्यकता हुन्छ,’ मेयर राईले भने, ‘त्यही तथ्यलाई ध्यानमा राखेर प्रशिक्षक नियुक्ती गर्न लागिएको हो। प्रतियोगीतामा सहभागी गराउने बेला अन्यत्रबाट खेलाडी खोजेर ल्याउन नपरोस। आफ्नै खेलाडी होस।’

नगरपालिकाले प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियल खेल प्रतियोगीतामा सहभागी भएको तथा पदक जितेको, क्षेत्रीय तथा राष्ट्रिय खेल प्रतियोगीतामा उत्कृष्ट निर्णायकको भूमीका निर्वाह गरेको, खेल विज्ञान वा शारीरिक शिक्षा विषयमा स्नातक उत्तिर्ण गरी दश महिने वा सोभन्दा बढि अवधिको खेलकुद सम्बन्धी प्रशिक्षण प्राप्त गरेको लगायतका योग्यता भएको निर्णायकका लागि आवेदन खुलाएको जनाएको छ।

फुटबल प्रशिक्षकका हकमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा आयोजित राष्ट्रिय निर्णायक परिक्षामा उत्तिर्ण गरेको तथा करातेको हकमा थ्रि–डान गरेको र नेपाल कराते महासंघले आयोजना गरेको राष्ट्रिय निर्णायक परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने मेयर राईले बताए।

प्रकाशित: २८ मंसिर २०७६ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App