८ वैशाख २०८१ शनिबार
समाज

अक्षयकोषलाई चार लाख

धादिङ – जिल्लाको गंगाजुमना गाउँपालिका–७ स्थित बद्रि विशाल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। पूर्वशिक्षक तथा विद्यार्थीको पहलमा संकलित रकमबाट कोष स्थापना गरिएको हो। तत्कालका लागि अक्षयकोषका लागि चार लाख एक सय ११ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ।

आफू पढेको तथा आफूले पढाएको विद्यालयको विकास र समृद्धिका लागि अक्षयकोषको स्थापना गरिएको मञ्चका सदस्य गोपाल श्रेष्ठले बताए। अक्षयकोषमा संकलित रकमले असहाय र जेहेन्दार बालबालिकाको अध्ययनमा सहयोग गर्ने, खेलकुद अतिरिक्त क्रियाकलापमा सहकार्य गर्ने, शैक्षिक गुणस्तर विकासमा सहयोग गर्ने बताइएको छ।

प्रकाशित: २८ मंसिर २०७६ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App