coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट रिसाल सम्मानित

काठमाडौं –  पत्रकार भैरव रिसाललाई ‘नूर–गंगा प्रतिभा सम्मान–२०७५’ बाट सम्मान गरिएको छ। पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पु-याएको योगदनको कदर गर्दै नूर–गंगा प्रतिभा पुरस्कार गुठीद्वारा यहाँ आज आयोजिेहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान गरिन्। त्यसैगरी गुठीले ‘नूर–गंगा राष्ट्रिय लोकगायन पुरस्कार–२०७५’ लोकगायिका बिमाकुमारी दुरालाई प्रदान गरेको छ। पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ। ‘नूर–गंगा साहित्य पुरस्कार–२०७५’ साहित्यका प्रा.डा. मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको छ।

पुरस्कारको राशि ३० हजार रहेको छ। ‘क्षेत्रीय नूर–गंगा नवप्रतिभा पुरस्कार–२०७५’ लोकगायिका कमला पोखरेललाई प्रदान गरिएको छ। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। ‘नूर–गंगा बाल प्रतिभा पुरस्कार–२०७५’ बालकवि अरुग्या नेपाललाई प्रदान गरिएको छ। सोही अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले नेपाली लोकगीत र साहित्यलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिइन्। नूर–गंगा प्रतिभा पुरस्कार गुठीको स्थापना २०४९ मा भएको हो।रासस

प्रकाशित: २८ मंसिर २०७६ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App