२५औँ महानगर दिवस मनाइँदै

शनिबार, २८ मङि्सर २०७६, ०८ : ३७ नागरिक

काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार पत्रकार सम्मेलनमार्फत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको जानकारी दिए। महानगरले दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गर्ने भएको छ।

‘महानगरले ऐतिहासिक कला–संस्कृति संरक्षणमा सधैँ ध्यान दिँदै आइरहेको छ,’ मेयर शाक्यले भने, ‘महानगर दिवसका अवसरमा लोपोन्मुख बाजा संरक्षण तथा बाजाका गुरुलाई सम्मान गर्न लागिएको हो।’ उनले महानगरले यसै वर्षदेखि मखनटोलका कुमारी र किलागलका कुमारीलाई मासिक १५ हजार रुपैयाँ भत्ताको व्यवस्था गर्ने बताए। महानगरमा जीवित देवी कुमारी मात्रै नभएर अन्य पनि भएकाले २५औँ वार्षिकोत्सवदेखि दुई कुमारीलाई मासिक भत्ताको व्यवस्था गर्न लागेको उनको भनाइ छ। त्यसैगरी इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै, १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिएको महानगरले जनाएको छ।

महानगरले दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गर्नेछ।

दिवसका अवसरमा शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल ¥याली गरिने कार्यक्रम छ। त्यस्तै, बौद्धको रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ। महानगरले बौद्धमा  तीनवटा दमकल राख्ने गरी भवन निर्माण गरेको हो। सोही अवसरमा वसन्तपुरमा फोटो प्रदर्शनी, महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीबाट तयार पारिएका वस्तु तथा सामग्रीको प्रदर्शनी र मौलिक खाद्यवस्तुको प्रदर्शनी एवं बिक्री गरिनेछ। महानगरले आइतबार औपचारिक कार्यक्रम गरेर महानगरको पहिलो मेयर पिएल सिंहलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरेको छ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। महानगर दिवसकै  अवसर पारेर सहयोगापेक्षी सडक मानवमुक्त अभियानको घोषणा हुँदै छ। उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो।

‘अकुपाई टुँडिखेलमा राजनीतिक रंग मिसाइयो’ ः मेयर शाक्य

मेयर शाक्यले ‘अकुपाई टुँडिखेल’का नाममा राजनीतिक रंग दिएर जस लिने होडबाजी चलेको बताएका छन्। ‘केही व्यक्तिहरू कुनै न कुनै बहाना खोजिरहेका हुन्छन्। कतिपयलाई चाहिँ सामाजिक सञ्जालमा राख्नका लागि पनि केही न केही बहाना चाहिन्छ। समाचारमा आफ्नो तस्बिर छाप्नका लागि पनि कसैलाई केही न केही बहाना बनाउने आदत देखियो,’ उनले भने, ‘कतिपयले त समाचारको पात्र बन्नका लागि पनि विभिन्न खाले अभियान चलाइरहेका छन्। अहिलेको अकुपाई टुँडिखेल अभियान पनि त्यस्तै होइन भन्ने अवस्था देखिएको छैन।’

उनले ‘अहिले टुँडिखेल अकुपाई भन्नेले वसन्तपुर अकुपाई भन्दै अभियान चलाए भने के भन्ने’ भनी  प्रतिप्रश्न गरे। उनले अभियन्ताप्रति लक्षित गर्दै भने, ‘वसन्तपुरवरिपरि बसेर छलफल गर्ने साथीहरूलाई म यो प्रश्न गर्न चाहन्छु। नौतले दरबारअगाडि कन्टेनर राखेर एकातिर पुरातत्व विभागले निर्माण सामग्री थुपारेको छ। अब त्यसलाई अकुपाई हनुमानढोका भन्न मिल्ने कि नमिल्ने ?’

उनले महानगरपालिका टुँडिखेल कब्जा गर्ने नीतिमा नभएको स्पष्ट पारे। ‘अहिले जहाँ निर्माण सामग्री थुपारेर कब्जा गरियो भन्ने भ्रम फैलाइएको छ, त्यो हल्ला मात्रै हो,’ उनले भने, ‘अहिले खुलामञ्चमा दरबार हाइस्कुल र वीर अस्पतालको संरचना निर्माणका लागि निर्माण सामग्री राखिएको हो। त्यो केही समयभित्रै हटाइनेछ।’

उनले भीमसेनदास प्रधान तत्कालीन रक्षामन्त्री भएकै बेला सेनाले टुँडिखेलमा संरचना बनाएको आरोप समेत लगाए। ‘भीमसेनदास रक्षामन्त्री भएकै बेला सैनिकले टुँडिखेलमा संरचना बनाएको थियो,’ उनले भने, ‘त्यो बेला उहाँ केही बोल्नुभएन। तर, अहिले विरोध गर्नुको कुनै तुक देखिँदैन।’ उनले सेनाले निर्माण गरेको संरचना महानगर एक्लैले हटाउन नसक्ने बताए। सेनाले बनाएको संरचना महानगर एक्लैले हटाउन सक्दैन,’ उनले भने, ‘संघीय सरकारले चाहे मात्रै हटाउन सक्छ।’

उनले पछिल्लो समय मेयर र उपमेयरबीच फाटो ल्याउने काम भइरहेको पनि दाबी गरे। ‘कार्यपालिकाको बैठकमा हाम्रो मतभेद छैन,’ उनले भने, ‘मिडियामा मात्रै फाटो ल्याउने काम भइरहेको छ।’






यसमा तपाईको मत

अन्य समाचार

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

Ncell Footer Ad