८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपीडित समस्यामा

रसुवाको क्यान्जिन उपत्यकामा हिउँ परेपछिको दृश्य। तस्बिर : नागरिक

रसुवा – रसुवाको माथिल्लो क्षेत्रमा शुक्रबार हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यो वर्ष पहिलोपटक हिमपात भएको हो। जिल्लाको लाङटाङ, थुमन, बृद्धिम, क्यान्जिन, धुन्चेको लेक, चोलाङपाटी लगायत स्थानमा वर्षासँगै हिमपात भएको हो। चिसोका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। टहरामा बस्दै आएका भूकम्पपीडितहरू समस्यामा परेका छन्।

साढे चार वर्षअघि गएको भूकम्पले घर भत्किएर अहिलेसम्म कतिपयको घर निर्माण नथालेका, निर्माण सम्पन्न भइनसकेका र गाउँबाट विस्थापित भई जिल्लाका विभिन्न स्थानमा बसिरहेकाहरूको चिसोको मारमा परेका छन्। चिसोकै कारण स्थानीय बाहिर निस्कन सकेका छैनन्। चिसोबाट बच्न दाउरा तथा हिटरको प्रयोग भइरहेको छ। विगतमा पुसको पहिलो साताबाट हिउँ पर्न सुरु हुने भए पनि यसपटक मंसिरमै हिउँ परेको छ।

प्रकाशित: २८ मंसिर २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App