coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पिपिएलको मिति एक दिनपछि स-यो

ट्रफी सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित लिगमा सहभागी ६ टोलीका कप्तान। तस्बिर:उमेश पुन/नागरिक

पोखरा - पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको आयोजना मिति एक दिन पछि परेको छ। प्रतियोगिताको तयारी पूरा भए पनि खराब मौषमका कारण शनिबारदेखि सुरु हुने भनिएको लिग एकदिन पछि सरेको हो। लिग आइतबारदेखि सुरु हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ। मौसममा खराबी आएकाले तयारी पूरा भए पनि प्रतियोगिता एकदिन पछि धकेलेर आइतबारदेखि सुरु गर्न लागेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए। ‘लिगको सम्पूर्ण तयारी पूरा भएको छ,‘छुम्बीले भने,‘तर एक्कासी मौसममा खराबी आएकाले बाध्य भएर निर्धारित मितिभन्दा एकदिन ढिला सुरु गर्ने भएका छौं। लिग अब आइतबारदेखि सुरु हुन्छ।’

लिगको उद्घाटन एकदिन पछि सरेपछि अन्य सबै खेलको मिति पनि एक दिनपछि सर्ने बताए। ‘लिग पहिले सार्वजनिक मितिभित्र सम्पन्न हुनेछ, ‘छुम्बीले भने,‘रिजर्भ डेको दिन पनि खेल हुन्छ। तालिकामा तलमाथि हुन्न।’ पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटनमा आइतबार घरेलु टोली पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्दै छन्। मंसिर ३० गते सोमबार बिहान विराटनगर टाइटन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो काठमाडौं र बुटवल ब्लास्टर भिड्नेछन्।

प्रतिकुल मौसमका कारण तयारी पूरा भए पनि लिग एकदिन पछि सारेर आइतबारदेखि सुरु गर्न लागिएको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन्।

पुष १ गते पोखरा पल्टन र चितवन राइनोज प्रतिस्पर्धामा उत्रिनेछन्। पुष २ गते भने २ खेल हुनेछन्। सो दिन बिहानको खेलमा काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो विराटनगर टाइटन्स र पोखरा पल्टन प्रतिस्पर्धामा उत्रिनेछन्। पुष ३ गते बुटवल ब्लास्टर र चितवन राइनोज खेल्नेछन्। पुष ४ गते भने दुई खेल हुनेछन्। उक्त दिन बिहान पोखरा पल्टन र बुटवल ब्लास्टर तथा दिउँसोको खेलमा धनगढी ब्लुज र चितवन राइनोज भिड्नेछन्।

पुष ५ गते विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन्। पुष ६ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोही दिन दिउँसो बुटवल ब्लास्टर र धनगढी ब्लुज प्रतिस्पर्धामा उत्रिनेछन्। पुष ७ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन्। पुष ८ गते चितवन राइनोज र काठमाडौं गोल्डेन्स, पुष ९ गते बुटवल ब्लास्टर र विराटनगर टाइटन्स खेल्नेछन्।

यसअघिको तालिकामा रिजर्भ डे राखिएको पुष १० गते इलिमिनेटर गेम हुनेछ। जसमा ग्रुप ‘बी’ र ग्रुप ‘सी’ बिच फाइनल प्रवेशका लागि खेल हुने निर्देशक लामाले जानकारी दिए। पुष ११ गते भने पहिलेकै तालिकाअनुसार रिजर्भ डे हुनेछ। पुष १२ गते लिगको फाइनल खेल हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ।

ट्रफी सार्वजनिक
पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीले ट्रफी सार्वजनिक गरेलगत्तै लिगमा भाग लिने पोखरा पल्टन, काठमाडौं गोल्डेन, चितवन राइनोज, विराटनगर टाइटन्स, धनगढी ब्लुज र बुटवल ब्लास्टरका कप्तानहरूले ट्रफी उचालेका थिए। चाँदीजडित ट्रफी ६ महिना लगाएर बनाइएको क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए। ट्रफी सार्वजनिक गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पोखरामा पिपिएलजस्तो अन्र्तराष्ट्रियस्तरको प्रतियोगिता गण्डकीमा हुनु गौरवको विषय भएको बताए। उनले यस्ता प्रतियोगिताले क्रिकेटको व्यावसायीकरणमा सघाउने भन्दै यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २८ मंसिर २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App