coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पश्चिमी हावाको प्रभाव, दिउँसै अध्यारो

एक्कासी मौसम चिसो भएपछि मध्य दिनमा उनी चादर ओढेर निस्केका महिला। तस्बिरः रितेश/नागरिक

वीरगन्ज- बिहीबार साँझसम्म घाम लागे पनि शुक्रबार बिहान उठ्दा मानिसहरुले सामान्य अवस्थामा जस्तो उज्यालो हेर्न भने पाएनन्। बिहानदेखि एक मिनेटको लागि घाम झुल्किन नपाउदा दिउँसो भरी अध्यरो मात्र भएन बिचबिचमा पानीको मसिनो झरीले मौसम एक्कासी चिस्याएको समेत छ। यसरी यस पटक तराईमा अचानक सितलहरको आगमन भएको छ।

पश्चिमी हावाको प्रभावले मौसममा यस्तो परिवर्तन देखिएको बताइएको छ। स्थानीय बोलीमा ‘मेघौनी’ भनिने यस्तो मौसमलाई स्वास्थ्य र खेतिपातिको लागि खतरनाक मानिन्छ। पुसको मध्यमा आउने ‘मेघौनी’ यसपाली करिब २ हप्ता अगावै आइपुगेको रैथाने बुढा–पाकाहरुको भनाई छ। ‘जाडो पहिलेका समयमा कात्तिकको अन्तसम्म आइहाल्थ्यो, अब अलिक ढिलोढिलो आउन थालेको छ, छठ पूजामा ‘स्वेटर’ लगाएर जाने गरिन्थयो, यसपाली जाडो बरु ढिलो गरी आएको देखियो, मेघौनी भने अगावै आयो,’  अवकासप्राप्त कृषी विज्ञ शंकर पाण्डेयले भने, ‘यस्तो मौसम पुसको मध्यतिर सुरु भएर बिस्तारै सितलहरमा बद्लिन्थ्यो, अब मौसमको मिजास फेरिएको छ, असमय र अचानक मौसममा यस्ता बद्लाव पछिल्लो समयमा देखिन पाएको छ।’

बेलाबेलामा परेको पानीका कारण मानिसहरु वीरगन्जका सडकमा कम देखिए। जाडोयामका पातलो कपडाले काम चलाईरहेका मानिसहरु मोटा ज्याकेट, स्वेटर र कम्बल प्रयोगमा ल्याएका छन्। महिलाहरुले उनका ओढ्नी (सल)हरुमा देखिए। मध्य दिनमै अध्यारो भएपछि ‘अब जाडो आयो’ भन्ने प्रतिक्रिया सुनियो। नारायणी अस्पतालका शिशु रोग बिशेषज्ञ डा. कुशराज गिरीले मौसमले बालबालिकामा रुघा, खोकी र निमोनियाको जोखिम बढ्ने गरेकोले अभिभावकहरु सचेत हुनुपर्ने बताए।

खेतमा रहेको धान बालीमा यस असमय परेको पानीको प्रभाव पर्ने कृषी ज्ञानकेन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए। ‘आज मौसम एक्कासी परिवर्तन भएको धानबालीमा यसको खराब प्रभाव पर्न सक्छ, त्यसतै गहुँका लागि तयार खेतहरुमा पानीको मात्रा बढ्यो भने बाली लगाउन ढिलाई हुने छ,’ उनले नागरिकसित भने, ‘उम्रेको रबी बाली (दाल हुने गेडागुडी) मा यसले खासै असर गर्दैन। तर यस्तो मौसम लम्बियो भने बाली बिगार्छ।’

खराब मौसमका कारण हवाई उडान समेत प्रभावित भएको छ। सिमराबाट हुने सबै उडानमा शुक्रबार डेढदेखी २ घण्टासम्म बिलम्ब भएको र साँझ ५ बजेको ५६६ नम्बरको जहाज उडान रद्द भएको सिमरा बिमानस्थलले जनाएको छ।
 

 

प्रकाशित: २७ मंसिर २०७६ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App