भन्सार अधिकृत बस्नेतविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ मङि्सर २०७६, २० : १२ नागरिक

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 

सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । 

सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट जम्मा एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ ८२ पैसा देखिएको र सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ जग्गा खरिद, घर निर्माण, सुनचाँदी खरिद, सवारी साधान खरिद, विदेश भ्रमण र नगद मौज्दातलगायत गरी तीन करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ ७३ पैसा लगानी गरेको देखिएको आयोगले जनाएको छ। 

भन्सार अधिकृतिका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको र त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। 

निजले अख्तियारको दुरुपयोग गरी आर्जन गरेको अकुत सम्पत्ति आफ्नो जेठान नवीनकुमार गौली, निजका परिवारको सदस्य तथा खाँदबारीस्थित विभिन्न व्यापारीको खातामासमेत ठूलो रकम लुकाउन लगाएको अनुसन्धानबाट खुलेको छ । उनको व्यक्तिगत खाता बाहेक अन्य बैंक खातामा समेत रु नौ करोड २१ लाख ५२ हजार ७९२ जम्मा गर्न लगाएको आयोगले जनाएको छ। 

सार्वजनिक पदमा रहँदा गैरकानूनी आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनस्तरयापन गरेको देखिएकाले बस्नेतलाई र उनका जेठान गौलीलाई समान १० करोड ६५ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए। आरोपपत्रमा निज गौलीको श्रीमती सकुन्ताला र छोरा सुलभको नाममा रहेको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरिएको छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad