८ वैशाख २०८१ शनिबार
समाज

विप्लवका दुई कार्यकर्ता पक्राउ

गोरखा- नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। कास्किका २७ वर्षिय गोकुल पराजुली र रुकुमका ३२ वर्षिय जिवन क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गराएको डिएसपी मित्रबन्धु शर्माले बताए।

गोरखा नगरपालिका १३ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पराजुली स्याङ्जा जिल्ला इन्चार्ज र क्षेत्री सदस्य रहेर काम गर्दै आएको दावी प्रहरीको छ। यस अघि पनि बिभिन्न समयमा विप्लवका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गर्दै आएको छ।

 

प्रकाशित: २७ मंसिर २०७६ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App