सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

शुक्रबार, २७ मङि्सर २०७६, १७ : ५८ नागरिक

लण्डन -  हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा  सागमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति   खुशी व्यक्त गर्दै  गैर आवासीय नेपाली खेलाडीहरुको लागि नेपालमा प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति  संघले पुनः नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद् लगायत सम्वद्ध सबैको ध्यानाकार्षण गराएको छ।

विज्ञप्तिमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य २०६ पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्पूर्ण सरोकारवाला पक्षलाई संघ हार्दिक बधाई  ज्ञापन गर्दछ भनिएको छ ।

 विज्ञप्तिमा 'विशेषतः पौडी प्रतियोगितामा सहभागी यूके निवासी नेपाली खेलाडी गौरिका सिंह ४ स्वर्ण, २ रजत र ३ कास्य र लन टेनिस (सिंगल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य) ले प्राप्त गरेको सफलताले हामी अत्यन्त उत्साहित भएका छौँ ।  उहाँहरु दुवैलाई संघ हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ । दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको छ', विज्ञप्तिमा भनिएको छ।

संघले गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत छ, सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् लगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल गरिरहेको  जनाएको छ । 






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad