८ वैशाख २०८१ शनिबार
समाज

डोल्पामा पहिलो पटक जलकचहरी

जलवायु परिवर्तनको असर न्यनिकरण कार्यक्रममा सहभागी शे फोक्सुण्डो गाउँपालिकाका वडा अध्यक्ष र स्थानीय । तस्बिरः नागरिक

डोल्पा- वर्षनी बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव रोक्न डोल्पामा पहिलो पटक स्थानीयस्तरमा जलकचहरी गरिएको छ। जलवायु परिवर्तन न्युनीकरणमा शे फोक्सुण्डो गाउँपालिकामा स्थानीयलाई जागरुक बनाउने उद्देश्यले जलकचहरी गरिएको हो।

पछिल्लो समय जलवायु परिवर्तनले शे फोक्सुण्डो गाउँपालिकामा विभिन्न क्षेत्रका पानीको मुहान सुक्दै गएको र खडेरीकाको समेत खतरा बढिरहेकोले न्युनिकरणको लागि चलकचहरी गरिएको पानी कार्यक्रमले जनाएको छ। शे फोक्सुण्डो गाउँपालिकाका सबै वडाका अध्यक्ष र स्थानीय बुद्दिजिवी सहभागिता रहेको कार्यक्रममा वडा ८ रिग्मो गाउँका वडाअध्यक्ष निमा लामाले आफुहरुलाई वातावरणीय प्रभावबारेमा बल्ल जानकारी पाएको बताए। हरेक क्षेत्र वर्गका मानिसले सहभागिता जनाई पानी संरक्षणको लागि र वातावरणीय प्रर्दुषण र जलवायु परिवर्तन न्युनिकरणमा सबै निकाय लाग्नुपर्ने बताउँदै पानी कार्यक्रम समावेशी रहेको जलाधार क्षेत्र बिशेषज्ञ आङ्गबहादुर लामाले बताए। शे फोक्सुण्डो गाउँपालिकामा हिम पहिरो, हिमाल फुट्ने जस्ता खतराहरुले निकै जोखिम रहेकाले समयमै सचेत हुनुका साथै जलधार क्षेत्रको संरक्षण र व्यवस्थापनमा लाग्न जरुरी भएको बिशेषज्ञ लामाले बताए। 

मौसम परिवर्तन र जलवायु परिवर्तनका कारण त्यसको असर सिधै मानिसमा परिरहेकोले वातावरणीय सरसफाई लगायतका जलाधार संरक्षणमा लाग्नु पर्नेमा पानी कार्यक्रम अन्तरगत जलवायु परिवर्तन सम्बन्धि काम गर्ने क्रिर्डाक नेपालकी फिल्ड अधिकृत पविना खड्काले जोड दिइन ।बहुमुल्य जडिबुटी यार्सागुम्बाको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको स्थानीय छिमे ग्याल्बो बैजीले बताए।

उनले भने निकुञ्ज वन क्षेत्रमा पर्ने पाटन तथा पदमार्गमा यार्सा संकलकहरुले फालेको फोहर कयौं पटक म आफैले सफा गरेको छु। कार्यक्रममा सहभागि वडाअध्यक्ष र स्थानीयले वृक्षारोपन, आगलागी नियन्त्रण, पानीका मुहान संरक्षण तथा ब्यवस्थापन ग्रिन हाउसमा तरकारी उत्पादन सिचाई व्यवस्थापनलगायतका जलधार क्षेत्र संरक्षणमा तत्काल लाग्ने कार्यको लागि स्थानीयले प्रतिवद्दता सहितको कार्ययोजना समेत तयार गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७६ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App